
शकुनि दुर्योधनलाई
सम्राट भएको हेर्न चाहान्थे
जति छलकपट प्रपञ्च त्यसैका लागि हुन्थे
शकुनीका हरेक चालले
दुर्योधनको मान ,सौर्य घटदै थियो
तैपनि शकुनीका चाल रुक्दैनथे
अन्ततः बिनास निम्त्यायो
सुशासन दुस्शासन भए
तर अन्धभक्ति छोडेनन
अन्ठानब्बे भाइ अन्धभक्त थिए
र पनि बिनास भयो
असल मित्र भनिएका जयद्रथ
अन्धभक्ति कै कारण नासिए
कर्णले द्वेष पालेको थियो
अपमानको अग्नि दनदनी बलेको
प्रतिशोधले शक्ति क्षय गरिरहेको
दिग्विजयको सपना बुनिरहेका थिए
स्वास रहदा सम्म साथ रहन्छ भन्थे
सधै असफलता ,असफलता
अन्ततः बिनास
इख नभएको मानिस विख नभएको सर्प
हुदैनन् रे
तर इखको प्रयोग
आफन्तलाई लाक्षागृहमा जलाउनमा होइन
कपटी पासामा हराउनमा होइन
छलकपट,प्रपञ्च गरेर होइन
लडनु नै हो भने धर्म युद्ध लडनु पर्यो
स्वच्छ प्रतिस्पर्धा गरे त भैगो नि
भनिन्छ पनि
विश्वासमा परेकालाई ठग्नु चलाकी होइन
काखमा सुतेकालाई मार्नु पुरुषार्थ पनि होइन
अश्वस्थामा सुतेकालाई मारी
हर्ष देखाउन चाहान्थे
हर्ष संगै विषाद पनि लुकेको हुन्छ
हर्ष र बिस्मात एकै पटक हुन्दा
दुर्योधनको पतन हुन्छ
ब्वाँसो,बाघ,न्याउरी संग
स्यालले मित्तेरी लाए
मिलेर शिकार गरे
स्याललाई एक्लै खाने मन लाग्यो
एक अर्कालाई कुरा लाए
एक एक गरि लखेटदै गर्दा
बाघ मार्न गएका ब्याधाले स्याल मारेछन
मयको प्रयोगबाट खाण्डव दहन संगै
बनेको इन्द्रप्रस्थ उपयोग बिहिन हुदा
द्वन्दको भाष मात्र बढ्यो
कुरुक्षेत्रको रचना भयो
इर्ष्याको कुरुक्षेत्रमा
के पाण्डव के कौरव
जो मरे पनि कुरुवंश कै मरे
अन्ततः बिनास मात्र
कुरुक्षेत्रमा,छन थिए
शिखण्डी अगाडि आत्मसमर्पित भीष्म
अश्वत्थामा हतः इति नरो वा कुंजरो वा
दिग्भ्रमित द्रोणहरु
पाण्डव पक्षका हरेक वाण तेजिला देख्ने
सारथि/ महारथी शल्य
बुढीऔलो काटिएका एकलब्य
शिर काटिएका वर्वरिक थिए र
सधै बिनासको चित्र कोरिरहेको छ
इर्ष्याको कुरुक्षेत्रमा
परशुराम १२ ,डडेल्धुरा
