
दैविक बिपत्ति काल बनेर आउछ
हरेक वर्ष कुनै न कुनै रुपमा
भुकम्प ,हावाहुरी ,वाढी,असिना पानी आदि
बितन्डा मच्चाएर ठुलो जन धनको
क्षती पुर्याएर जान्छ
धेरै अधि होइन बहत्तर सालमा
महाभुकम्प आयो
त्राहिमाम,त्राहिमाम पारेर गयो
उहिले होइन, वासट्टी सालमा बाढी आयो
वोडे कामीको आरन मात्र लगेन
परिवारका छ जना बगाएर लग्यो
जगनसिह बोहरा,भजन सार्कीका
जहान परिवार अलप भए
वत्तिस जनाको ज्यान गयो
एउटा पुरानो बस्तीको अस्तित्व मेटायो
दैवीप्रकोप यस्तै गर्छ
बहत्तर सालमा महाभुकम्पले ठूलो
विपत्ति निम्त्यायो
बेस्सरी घुमायो
जनधनको क्षती पुर्याउन
थर्कमान गरि तर्सायो
बिपत्ति बाजावजाएर आउदैन भन्थे
बाजागाजा नबजाए पनि
कुनै न कुनै संकेत त देखाउने रहेछ
काठमाडौ कुरुप बनायो
भत्कायो धरहरा भत्कायो
त्यस्तै तहसनहस नै गरि आउँछ विपत्ति
वाङावगर बगायो,मेलाम्ची बगायो
अछामको पहिरोमा बिसौजना पुरिए
कहिले मधेस,कहिले पहाड
कहिले शहर,कहिले गाउँ
दैवीप्रकोपले प्रताडित गरेकै हुन्छ
सधै जस्तै यसपालि पनि
सिमलखेत बगाएयो
जनधनको क्षेती गर्यो
गतको घाउ विसेक हुन पाएको छैन
बासट्टी सालको खाटो बल्झिरहन्छ
विपत्ति काल बनेर जतिबेला पनि
आउन सक्छ भन्ने अनुमान त थियो
थाहै नदिइ भित्र्याउन ठिक्क भएको धान बाली
वगर भयो
फ़ेरि यस पालि पनि बाढी आयो
परशुराम १२
