पथिक…..

उमेश प्रसाद भट्ट्

ज़िन्दगी चलिरहेको छ
तरवारको धारमा
जिन्दगीको गोरेटोमा
पथिक जसलाई
फुल बनाउन खोज्छ
उ धुलमा गएर सुतिदिन्छ
जसको औकात डलरको बनाउन खोज्छ
ऊ सिक्का को भाउमै बिकीसक्छ
जसलाई देखेर दुनियाँ
उन्मत्त हासो हास्छ
तहा त
पराई संग होइन आफ्नै संग
डर लागि रहेछ
कुनै पनि समयमा हिडन सक्छन्
छातीमा चक्कु रोपेर
क्षण भर मै
कोहि आफ्नैले धोका दिएर
लज्जित बनाईदिन्छ्न
निराधार आरोप लगाएर
पथिक आज सोध्छ
याचक भएर घुमिरहनेहरुमा
मैमत्त बनाउने बतास
कता बाट आउँछ?
कता तिर जान्छ?
बुझ्न सक्दैनौ तिमी
यसको मुल कहाँ हो?
यसको गन्तव्य कहाँ हो?
खोज्न सक्दैनौ तिमी
त्यसैले
ब्रह्माण्डमा त्यो भन्दा बलिया
शक्तिहरु अस्तित्वमा छन्
यो कुरालाई बोध गर
हुट्टिट्याउले आकाश थामेझै
आत्मकेन्द्रीत भएर
आगो संग नखेल
हजारौं प्रहार झेल्दै
अद्वितीय शक्तिलाई झुक्याउने
सामर्थ्य बोक्दै
पथिक गन्तव्यपथमा
लम्किरहन्छ लम्किरहन्छ।

You might also like