वन राउत अर्थात राउटे

उहिले को कुरा हो
हाम्रो घर आगनमा एक मान्छे आए
दैलोमा पाल्लो राखेर गए
बज्यैले पाल्ला भरी गहु राखेर
त्यही ठाउमा बिसाए
तिनै मान्छे एक दिन हलानो
आगनमा छोडेर गए
वज्यैले उहीँ पाल्लामा मकै राख्नु भयो
तिनैले कुच्चो छोडे
वज्यैले नुन खुर्सानी पाल्लामा राख्नु भयो
कुनै सम्बाद नभइ
वस्तु बिनिमय भएको थियो
शीर्ष नदि पारीको थाउडोमा
आठ दस कटेरा बनाएर बसेका थिए
खोलाको सग्लो पानीमा
गीठा तैरिदै गरेका हुन्थे
माछा मासुका विभिन्न परिकार वनेका
तिनीहरू का बारेमा वज्यैलाई सोध्दा
वन मान्छे,वन राउत
एक राजा दुई छोरा एउटा राजा बने
अर्को जंगल पसे तिनै मध्ये हुन
रावत,रजवार,वन राउत
तरुल ,गीठा कन्दमुल खान्छन
धुरीमा ध्वार्सो लाग्ने बितिक्क
टहरा छोडेर आर्को बनाउछन
माछा मार्ने,शिकार गर्ने गर्छन
काठका भाडाकुडा बनाउछन
मेहनत गरि आर्जन गरि खान्छन
फिरन्ते जंगली मान्छे हुन
आदिवासी हुन
सामाजिक करण हुन सकेका छैनन
आफ्नै भाषा छ,आफ्नै संस्कृति छ
छुट्टै पहिचान छ
आफुले निर्माण गरेका हामी कहाँ पुर्‍याउछन
हामीले दिएका पाल्लामा राखेको लैजान्छन
यायावर ,ढुङेयुग,परिवार र समाजको
यथेष्ट प्रमाण प्रस्तुत हुन्छ
बिकास क्रममा रहेका सत्य प्रमाण हुन
सभ्यताको क्रमबिकास त्यहा खोज्न सकिन्छ
आदिम मानिसको स्वरुप त्यहा पाइन्छ
वज्यैले भनेका तिनै राउते
राज्यले बासको ब्यवस्था गरेको
मासिक प्रत्येक नागरिकलाई
सामाजिक सुरक्षा दिएको छ
समाजको मुल प्रवाहमा ल्याएको छ
जतिसुकै सामाजिकिकरण गरिए पनि
परिस्थितिमा सुधार भएको छैन
लेप्चा,कुसुन्डा,बोटे,मुसहर जस्तै
कम संख्या,लोपोन्मुख राउटे
भेष सकिदैछ,भाषा सकिदैछ
पाल्ला सकिए,हलना सकिए
गीठा कोर्न छोडी सके
तरुण खन्न छोडी सके
राउटे फिरन्ते रहनु पर्छ भन्ने होइन
दुर्लभ भाषा ,भेष ,कला ,सीप छ
जोगाउन लागि पर्नु पर्ने छ
परिस्कृत समाजको पहिचान सहितको
आदर्श नागरिकका रुपमा
स्थापित गर्नु छ
भोक,रोग,गरिबी ,पछौटेपन होइन
समृद्धि पुर्‍याउन आवश्यक छ
वन राउत होइन
आदर्श समाज,आदर्श नागरिक
सुसंस्कृत,आम मान्छे बनाउन आवश्यक छ

कैलासकुमार पाण्डेय
परशुराम १२ जोगबुडा

You might also like
Leave A Reply

Your email address will not be published.