४ असोज,२०७९
साहित्यकार कैलाश कुमार पाण्डेयको पाँचौ कृतिको रुपमा कविता संग्रह सार्वजनिक भएको छ । सम्पादन हाउस काठमाण्डौले कविता संग्रह “आकाश छुने रहर” बजारमा ल्याएको हो । विद्यार्थी समय देखि साहित्यमा निकै रुचि राख्नु हुने कैलासकुमार पाण्डेयको पाचौ कृति “आकाश छुने रहर” सार्वजनिक भएको छ।
डडेल्धुरा जिल्ला परशुराम न पा ३ थपलामा जन्मिनु भएका पाण्डेयका बिर्सिएका नाउहरु गीत संग्रह,वादलका बुट्टाहरु ,नया नया सागरहरु गजल संग्रह,भत्केका स्तम्भहरु कविता संग्रह यस अधि प्रकाशित भैसकेका थिए। पाचौं कृति कविता संग्रह प्रकाशित गरि पाठक सामु प्रस्तुत भएका छन।साहित्यकार आधुनिक कविता बिधाका सिद्धहस्त लेखकका रुपमा तीन दसक देखि निरन्तर साहित्य साधना मा तल्लीन हुनुहुन्छ।
आधुनिक कविताहरुको संगालो कविता संग्रह “आकास छुने रहर” मा साठी कविता समेटिएका छन।लेखनमा समसामयिक मुद्दा लाई उठान गरि लेख्नु हुने कविले आकाश छुने रहर मा पनि समाजको आर्थिक ,सामाजिक ,राजनीति पक्षका विविध मुद्दा उठान मात्र गरिएको छैन समस्याको समाधान समेत दिएको पाइन्छ ।