आकाश छुने रहर

कैलासकुमार पाण्डेय

मनमा सुन्दर सपना सजाउदै गर्दा
बन्दै ढल्दै गरेको वालुवाको घरको कथा बन्छ
आहा कति सुन्दर छ निलो आकाश
औधी सुन्दर भएकाले नै होला
त्यतै कतै कुवेरले अलकापुरी बसाएका
देवराजको इन्द्रपुरी पनि  त्यतै तिर हुन सक्छ
अनन्त सपना केलाइदा
एउटा मन निलो समुद्रमा मोति खोज्दछ
एउटा मन उडेर मुक्त  आकाश छुने रहर गर्छ
रहरले मात्र पुग्दो रहेन छ
कता कता भावनीले लेख्छ भन्छन
सोचेको हुन्न,देखेको हुन्न,लेखेको पाइन्छ
भावनीले होरो हाल्दा धेरै चिज छुटाएछ
छुटाएछ मुक्त आकाशमा चरा जस्तै
उडन खोज्ने चञ्चल मन नियन्त्रण गर्ने कुरा
छुटाएछ महत्वाकांक्षाको भारी बोकि
सपना सजाउने कुरा
चुनौतीको सामना गर्नेले मात्र
सम्भावना पहिल्याउछ भन्ने कुरा
लेखेछ निराशा ,कुण्ठा,द्वेष ,ईर्ष्या,प्रतिशोध
सिकाए छ अनन्त सपना बुन्न
सपना,कल्पना , कठोर चट्टान जत्तिकै
परिकल्पना सजाउन
बालुवाका गगनचुम्बी घर बनाउन
जागाएछ असंख्य  रहर
मुक्त, निलो, अनन्त अनगिन्ती तारा भएको
आकाश छुने रहर

आफु संग प्रयाप्त रहर मात्र छ
आफ्नो भन्ने त केही रहेनछ
माताको अनुकम्पाले देह बन्यो
त्यो पनि पञ्चतत्व को
आकाश,वायु,जल,अग्नि ,पृथ्वी मिलेर
आकाश बाट शब्द,वायु शब्द र स्पर्श
जलमा शब्द,स्पर्श र रस तन्मात्रा
अग्नि तत्वमा शब्द,स्पर्श,रस र तेज
पृथ्वी तत्वमा शब्द,स्पर्श,रस ,तेज र गन्ध
हो सत्य हो
पृथ्वीले सबै धारण गरेको हुन्छ
वायु निरन्तर बहि रहन्छ
सुर्यले छर्लङ्ग घाम दिएको हुन्छ
जहाँ पनि हुन्छ तन मन छुन्छ
घैटोमा मा पनि घाम लाग्छ
घाम नपुगेको ठाउँ र घाम नपुगेको मनमा
धीत मर्ने पुग्ने गरि मन छुने छर्लङ्ग घाम
छर्लङ्ग घाम संग समानता मागे
सबैलाई बराबरी हुने
बग्दै गरेको कर्णाली संग
स्वच्छ,निर्मल एक अञ्जुली जल मागे
मेटाउन खोजे मनको प्यास
स्थिर पहाड संग स्थिरता खोजे
कति अस्थिर भइ बस्ने
जीवनको उकाली ओराली पार गर्दा गर्दै
बाटो संग गन्तब्य खोजे
जीवनको गन्तब्य निर्धारण गरे
फूल संग सुवास,बसन्तको वहार
वेद संग माग्नु छ ,चार लाख बिद्या
मेरो समाज संग चौध लाख चतुर्‍याइँ
चरा संग माग्नु मुक्त चेतना
उडदै गरेको चरा संग
मुक्त आकाशमा उडने स्वतन्त्रता खोजे
चरा जस्तै मुक्त हुने रहर लाग्यो
कस्तो निलो आकाश छुने रहर


परशुराम १२ डडेल्धुरा 

You might also like