कति सुन्दर हुन्छन
गाउँका गीत
भाव,रस,सरल अनि ओजपुर्ण
तर आधुनिकताको नाममा
रंगिन र भड्किला शहरका गीतमा
झुम्मिने रम्ने धेरै हुन्छन
एउटा मान्यता गडेर बसेको छ
गाउँमा घैला मैला बस्छन
गाउँ गरिबिको प्रतीक हो
गाउँ अविकसित हुन्छ
त्यस्तै गाउँ का गीत पनि वनेली हुन
तर त्यो त हुँदै होइन
संस्कार,संस्कृति कहि जिवित छ भने
गाउँमा छ
स्वाभिमान कसैमा छ भने गाउलेमा छ
गाउँका गीत चरिले गाउछन
प्रकृतिले गाउछ र पो जिवित छन
गीतमा चराले लय स्वरुप भर्दछन
एक ठाउँ बाट अर्को ठाउँ सार्दछन पनि
भाव,अर्थ खोज्दै जाने हो भने
शब्द,अलंकार हेर्दै जाने हो भने
गाउँका हरेक गीत आफैमा काव्य हुन
धेरैले भन्छन,गाउँका गीतमा
दु:ख,पिडा,बिरह मात्र हुन्छन
तर होइन
गाउँका गीतमा
शोभा,कृति,सम्झना,मधुरता
चातुर्य र धैर्य जस्ता सात भाव हुन्छन
चौसट्ठी कला हुन्छन
श्रृङ्गार, वीर, करुण, हास्य, रौद्र
भयानक, बीभत्स, अद्भुत र शान्त
नव रस हुन्छन
सत्य बोल्छन गाउँका गीत
पाखण्ड,आडम्बरले भरिएका शहर गीत
भड्किलो र कर्णप्रिय भए पनि
लोकप्रिय र जिवन्त हुन सक्दैनन
गहिरो मर्म लुकेको हुन्छ
गाउँका गीतमा
प्राकृतिक कविता हुन गाउँका गीतहरु
सरल, सुबोध र लोकप्रिय हुन्छन
आफ्नो रूप र विधा आफैंले जन्माउँछ
जनजीवन संगै बिकास भएको भन्दा हुन्छ
सिङ्गो जनजीवन झल्कन्छ
गाउँका गीतमा
कति सुन्दर हुन्छन
गाउँका गीत