सुदुर पश्चिमको मौलिक पर्व गौरा

कैलासकुमार पाण्डेय

पृष्ठभुमि
वैदिक सनातन धर्मावलम्बीहरु प्रकृतिको पुजा गर्छन।प्रकृति आफैमा अनुपम हुन्छ।प्रकृतिका उपजहरुमा भगवानका स्वरुप खोजेर पुजा अर्चना गर्दछन।सुदुर पश्चिम मौलिक संस्कृति को धनी मानिन्छ ।गौरा सुदुर पश्चिम क्षेत्रको महत्वपूर्ण धार्मिक एवं सांस्कृतिक पर्व हो । गौरा पर्व विशेष गरेर डोटी र कुमाउँमा परापूर्व कालदेखी नै मनाउँदै आएको पर्व हो ।गौरामा पनि प्रकृति का उपजहरुको पुजा गर्ने गरिन्छ। गौरा पर्व भाद्र शुक्लको चतुर्थी देखी अष्टमी सम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाइन्छ । गौरा पर्वको पहिलो दिन पञ्च अन्न आवाहन गरिन्छ,दोस्रो दिन बिरुडा भिजाइन्छ,तेस्रो दिन गौरापर्व मनाउने समुदायका महिलाहरूले निराहार रही आ(आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा ुबिरुडाु अर्थात् पाँचथरीका गेडागुडी नजिकको नौलो,धारो पधेरोमाधुने र गोरा आवाहन गर्ने गर्छन् ।जसलाइ नोलाइ गोरा भनिन्छ।अष्टमी का दिन सन्जा र गौरा मिलाइन्छ। बिशिस्ट पुजा बिधान अनुसार पुजा गरिन्छ।बैदिक,पौराणिक ,लौकिक बिधी पुर्वक पुजा अर्चना गरिन्छ।फागलाइ लौकिक मन्त्रका रुपमा लिइन्छ। गौरापर्वमा व्रतालु तथा तथा श्रद्धालु महिलाहरूद्वारा गौराघरमा गई गरिने शिव र गौरीको पूजाअर्चनामा बिरुडालाई अक्षता र प्रसादका रूपमा प्रयोग गर्ने गरिन्छ। बिरुडा भिजाएको तेस्रो दिन अमुक्ताभरण सप्तमीका दिन महिलाहरूले सामूहिकरूपमा धान, साउँ, तिल, अपामार्गआदि बिरुवाका बोटबाट गौराको प्रतिमा (मूर्ति) बनाई गौराघरमा भित्र्याउँछन् । धार्मिक अनुष्ठान एवं पूजाआजाका साथै गौरालाई गौराघरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा) को पूजाआजा गर्ने गरिन्छ।अमुक्ता भरण सप्तमीमा भित्याएकी गौरा दुर्वाष्टमीमा सप्तऋषिको प्रतिक दुवधागो अभिषेक गरि गौरा लाइ चढाइ पुरुषले जनै धारण गरे जस्तै महिलाले दुबो धागो लगाउछ्न।गौरा भित्र्याइसकेपछि विसर्जन नगरिएसम्म गौराघरमा नित्य पुजा गरिन्छ।बिरुडालाइ अक्षताका र्नैबेद्यका रुपमा प्रयोग गरिन्छ।बिरुडाको प्रसाद बाडिन्छ।पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिन्छन् । अगस्त्य उदय पछिको दुर्वापुजालाइ अशुभ मानिने भएकाले कुनै वर्ष कृष्ण पक्षमा पनि गौरा पुजा गरिन्छ।चन्द्रमास र सौरमासका आधारमा अगस्त्य उदय को गणना बाट उजाली अनारी गोरा मनाइन्छ। अनुकूल तिथि वार हेरी विसर्जन गरिने गौरापर्वले मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत पुर्‍याउने मात्र नभई यस वर्षमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, ईष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास छ । सुदुपश्चिमेलीहरुले धुमधामका साथ मनाईने गौरापर्व भाद्र कृष्ण चतुर्थी देखि सुरु हुने गर्दछ । घर–घरमा महिलाले तामाका भाडामा पाँच प्रकारका अन्न भिजाएर पर्वको थालनी गरिन्छ ।पाच अन्न पञ्च देवता का प्रतिकका रुपमा लिइन्छ।पौष्टिक तत्वका रुपमा र औषधिय रुपमा पनि प्रयोग गरिन्छ। यो पर्ब सुदुरपश्चिममा एक ठूलो पर्वको रूपमा मनाईन्छ । चतुर्थीमा संकलन गरेको अन्न बिरुडाको नैबेद्य बनाइ प्रसादका रुपमा बाडिन्छ ।सुख शान्ति समृद्धि कामना गरिन्छ।वर्खाको खेतीपाती बाट बिश्राम र मनोरञ्जनका रुपमा लिइन्छ।भगवान शिव र माता पार्वतीको बिबाहोत्सवको रुपमा मनाइन्छ।स्कन्द पुराणको मानस खण्ड,हिमवत खण्डमा समेत बर्णन गरिएको छ।यस पर्वलाइ अनुष्ठान सरह मनाइन्छ।आवाहन र बिसर्जन बिधिपुर्वक गरिन्छ।
उज्याली,अनारी गौरा
गौराको पक्ष बिचार गर्दा अमुक्ताभरण सप्तमीलाई मुख्य आधार बनाइन्छ।अगस्त्य उदय भन्दा अगाडि ,आश्विन महिना पनि नपर्ने गरि तय भएको हुन्छ।अगत्स्य उदयलाई आधार मान्दा अमुक्ताभरण सप्तमी कुनै वर्ष कृष्णपक्ष र कुनै वर्ष शुक्ल पक्षमा पर्ने जान्छ।कृष्णपक्षको गौरालाई अधेरी र शुक्ल पक्षको गौरालाई उज्याली गौरा भन्ने गरिन्छ।भाद्र शुक्ल अष्टमीमा मनाइने गौरालाई उज्याली र कृष्ण अष्टमीमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ । पहिलो पटक व्रत बस्नेले भने भाद्र शुक्ल अष्टमी अर्थात् उज्याली गौराबाटै शुरु गर्नुपर्ने व्रत विधान छ । कन्या राशिमा सूर्य गएपछि अर्थात् असोज महिना लागेपछि पनि गौरा मनाउनु हुँदैन ।

दुग्धागो
बिबाहित महिलाले गौरामा अभिषेक गरिएको र गौराको प्रतिमामा बाधेर शुद्ध परिएको दुग्धागो लगाउने प्रचलन रहिआएको छ । सप्तऋषिको प्रतिकका रुपमा सात डोरो भएको दुग्धागो पुरुषहरूले जनेउ प्रयोग गरे जस्तै महिला हरु लगाउने गर्दछ।समान्यतया सात रंगका धागोको प्रयोग गरि बिधीपुर्वक गाठो पारिएको दुग्धागो अभिमन्त्रीत भै घाटिमा बाधिन्छ। सातओटा रंग नभएपनि दुग्धागो लगाउने चलन पाइएको छ । दुग्धागो पहिलो पटक उज्याली गौरा तथा शुक्ल पक्षमा लगाउने गरिन्छ।पहिलो पटक दुग्धागो लगाउने महिलालाई नौली गोरिया भन्ने पनि गरिन्छ।एक पटक लगाई सकेपछि प्रत्येक वर्ष लगाउनु नै पर्ने चलन रहेको छ ।

सात रंगको धागो अथवा दुग्धागो विवाहित महिलाले मात्रै लगाउनुको कारण अविवाहित भए पनि पाकोपन देखाउन तथा विवाहित र अविवाहित महिलालाई छुट्याउनका लागि हुनसक्ने देखिन्छ । धार्मिक आस्थाअनुसार विवाहित महिलाले शौैभाग्यवतीको प्रतीकको रुपमा विभिन्न रंगलाई विभिन्न देवताको प्रतीकको रुपमा लगाउने गरिन्छ ।

यसले विवाहित भएको र घर परिवारको लागि स्वीकार्य भएको जनाउँदछ । दुग्धागो लगाएपछि शुद्ध हुने र उसले पकाएको खाने भएकाले उ अरु परिवार जस्तै जिम्मेवार तथा परिपक्व भएको मानिन्छ । महिलाले पनि गायत्री जप्ने गरेको पाइन्छ।गुरुबाट बिशेष मन्त्र लिइ जप गर्ने गरेको पाइन्छ।

पञ्च बिरुडा
महिलाहरूले आफन्तहरुको घर घरमा गइ बिरुडाका लागि पाच अन्न माग्ने वा साटासाट गर्ने गर्दछन।गहु,मास, केराउ, गुराउस,गहत लगायतका पाच अन्न संकलन गरि सफा पारी, निराहार रही आ(आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा ुबिरुडाु अर्थात् पाँचथरीका गेडागुडी भिजाउने गरिन्छ।पाँच अन्नलाई पञ्च बिरुडा भन्ने गरिन्छ।भाद्र पञ्चमी लाई बिरुडा पञ्चमी भनिन्छ।पञ्चमीमा भिजाएको बिरुडा षष्टीका दिन नजिकको नौलो,धारो, पधेरोमा धुने गरिन्छ त्यहि गोराको आवाहन गर्ने गर्छन।
जसलाई नोलाई गोरा पनि भनिन्छ।बिरुडालाई नै मुख्य पुजन सामग्री मानिन्छ ।गौरा,महेश्वरलाई बिरुडाको भोग लगाइन्छ।नैवेद्यका रुपमा पनि बिरुडा चढाइन्छ।आशीर्वाद दिन बिरुडा शिरमा राखेर दिने गरिन्छ।देवताका धामी कामेर बिरुडाको टीका अक्षता लगाउने गरिन्छ।बिरुडालाई प्रसादका रुपमा ग्रहण गरि खाने गरिन्छ।पोसिलो र रोग नियन्त्रण गर्ने सक्ने औषधिय गुण भएको पाँच अन्नको मिश्रणलाई स्वस्थवर्धक पनि मानिन्छ।

दुर्वाष्टमी ,गौराष्टमी
गौराको पुजामा दुवोको समेत पूजा गरिने भएकाले यो अष्टमीलाई दुर्वाष्टमी पनि भनिन्छ । दुवो जसरी फैलिन्छ त्यसरी नै सन्तान दर सन्तान फैलिउन् भन्ने कामनाले यो पर्वमा उमा महेश्वरको पूजा, उपासना र व्रत समेत गरिने धार्मिक नियम छ । सन्तान राम्रा र गुण सम्पन्न हुन्, आयु तथा स्वास्थ्य राम्रो होस् भन्ने कामनाले पनि गौरा एवं दुर्वाष्टमी पर्व मनाइन्छ ।अष्टमीका दिनमा पूरै ज्येष्ठा र मूल नक्षत्र परेमा भने दुवोको पूजा गर्न नहुने शास्त्रीय मान्यता रहेको छ।दुर्वाष्टमी ,गौराष्टमी अठेवाली पाडने भनिन्छ।गौरा र महेश्वर को बिबाह गराउछन।अठेवाली पछि गौरा,महेश्वर र बालो लाई गोरा खला नचाइन्छ।

अमुक्ताभरण सप्तमी
गौरा कहिले, कुन समयमा हुन्छ भनी निर्धारण अमुक्ताभरण सप्तमी बाट स्पष्ट भइन्छ।भाद्र महिनाको अगस्त्य उदय पुर्वको कुनै वर्ष शुक्ल पक्ष र कुनै वर्ष कृष्ण पक्षमा पर्न जाने सप्तमी मा नै गौराको पुजा गर्ने परम्परा रहेको छ।कृष्ण पक्षमा उमुक्ताभरण सप्तमी परे अनारी गोरा र शुक्लपक्षमा परे उज्याली गोरा हुने गर्दछ।धान,साउ,तितेपाती,अपामार्ग,राखेर गौरीको बिग्रह ,प्रतिमा बनाइन्छ,गहना अलंकारले सजाइन्छ।गौरी र भगवान शिवजी का विभिन्न कथा प्रसंगलाई प्रतिकका रुपमा तयार गरि अर्चना गरिन्छ।शिव पार्वती गौरीको बिवाह प्रसंग संगै सन्जा विवाहको प्रसंग पनि जोडिएको हुन्छ।लौकिक कथालाई जनमानसमा पुर्‍याइन्छ।सप्तमिलाई नै गौराको मुख्य दिनका रुपमा लिइन्छ।महेश्वरको पनि प्रतिमा बनेको हुन्छ।संगै कुनै फल राखेर वालो गणेशजी प्रतीक बनाइन्छ।गौरीको परिवारको स्मरण,पुजन,संगै सखा भक्ती प्रकट गरिन्छ।

फाग,धमारी ,चैत
गौरा पर्वको हरेक क्रियाकलापमा फाग,सगुन,मंगल को प्रयोग गरिन्छ।लोक मन्त्रका रुपमा फागको प्रयोग हुन्छ।सगुन दे सरस्वती लगन दे बिरस्पती भनेर फाग शुरु गरिन्छ।धनारी चैत मा वीरगाथाको वर्णन गरिएको हुन्छ।अठ्यावालीका दिन ब्रतालु महिलाहरुले गौराको पूजा गरिसकेपछि पुरुषहरुले विभिन्न प्रकारका ठाडोखेल, ढुस्को, धमारी खेल्ने गर्दछन्। यी खेलहरुमा इतिहास समेटेको पाइन्छ। ठाउँ अनुसार ठाडोखेल, ढुस्को, धमारी फरक फरक हुने गरेका छन्। कतिपय ठाउँमा देवीदेवताको गाथामा आधारित खेलहरु खेल्छन् भने कतिपय ठाउँमा वीरपुरुषहरुको इतिहासका बारेमा खेल खेल्ने गरेका छन्। गौराका समयमा गाइने ठाडोखेल, ढुस्को, धमारीमा इतिहास समेटिएको हुन्छ।गौरा पर्वमा विभिन्न गीति प्रस्तुति मा गौरी महेश्वरलाई नचाएर आफुहरु पनि नाच्दछन।त्यस्तै धमारी, चैत,ढुस्को,संगै डेउडा पनि खेल्ने गर्दछन।

धामीले आशिष बरदान दिने
गौरा पुजन,धमारी ,चैत,डेउडा खेल संगै गौरा बिसर्जन लैजानु पुर्व शिव पार्शदको रुपमा रहेका शिव गण दानौ,पिशाचका धामीले गौरा महेश्वर लाई त्यो अनुष्ठान बाट बिदाइ गर्ने प्रचलन छ।बिदाई का लागि तत्काल ल्याइएको शुद्ध जल घडाले स्नान गराइ बिदाइ गरिन्छ।गौराको बिदाइ संगै उपस्थित सबैलाई आशिर्वाद दिने गरिन्छ।शिवालयका अगेवानी शिव पार्सद दानौ हरु देव रुपमा धामी स्वरुपमा प्रकट हुन्छन।त्यस्तै विभिन्न परिस्थितिले मोक्ष पाउन नसेका पितृहरु दिब्य स्वरुप पाएर शिव गणका रुपमा देवमय स्वरुपमा धामीमा प्रकट हुन्छन।आशिष ,बरदान,दिने गर्दछन।नजिकै को नदि, तलाव, देव मन्दिरमा गौरा बिसर्जन गरि सबै उपस्तिथ खेल प्रेमीहरु आशिषखेल खेल्छन।सबै देवी देवताले रक्षा गरि रहुन,सबै तिर सुख, शान्ति ,समृद्धि छाइरहोस भन्ने आशयको खेल खेल्दै गौरा पर्वको समापन गरिन्छ।
सामाजिक सद्भाव र एकता
गौरा पर्वमा देश,बिदेशमा काम बिशेषले रहेका पनि गौरा पर्व मान्न तथा गौरा महेश्वरको पुजा गर्न ,आफ्नो परम्परागत थात थलो मा पुग्छन।लामो समय भेटघाट नभएका हरु कुशलात सोधपुछ गरिन्छ।पौराणिक संस्कृतिको अवलम्बन गरिन्छ।सामाजिक सद्भाव बिरुडाले पुजन गरि साटासाट गरिन्छ।
गौरा पर्व सुदुरपश्चिम संगै मध्यपश्चिम कर्णाली तिर पनि मनाइन्छ।भारतको उत्तराखण्डमा पनि गौरा पर्वलाई बिशेष रुपमा मनाइन्छ।सातवी,आठमी भनेर अमुक्ताभरण सप्तमी र दुर्वाष्टमीमा निराहार व्रत बसि गौरा महेश्वर को पुजा गर्ने गर्दछन।सास्कृतिक वैभवको गौरा पर्व निकै मौलिक पनि छ।हाल सुपमा मात्र नभइ राजधानीमा पनि भव्य रुपमा मनाउने गरिन्छ।संस्कृति एक पुस्ता बाट अर्को पुस्तामा हस्तान्तरण भएर जान्छ भन्ने मान्यता अनुरुप गौरा पर्व आदर्श हस्तान्तरित संस्कृति हो।यश संग जोडिएका फाग,चैत,धमारी,ठाडो खेल,ढुस्को,भलाउलो,बाह्रमासे लोप हुदैछन जसको संरक्षण का लागि पनि सम्बद्ध पक्षको ध्यान जानू जरुरी छ।पश्चिम नेपालको मात्र नभइ वैदिक सनातन धर्मावलम्बीहरु गौरी महेश्वरको पुजा आराधना हुने साझा पर्व हो।केही मौलिकताले सुदुर पश्चिम केन्दित रहे पनि सबैको सरोकार र चासोको बिषय पनि हो।विभिन्न किसिम बाट हुने पुजा आराधना स्तुति जस्तै एउटा आदर्श परम्परा हो।

परशुराम १२ डडेल्धुरा

You might also like
Leave A Reply

Your email address will not be published.