कैलासकुमार पाण्डेय
उहिलेको कुरा
नुन ल्याउन मधेस जाँदै गरेको वटुवा
बाटो भरिको सातु सामल बोकि हिडथ्यो
बाघले डमरुलाई वनको बाटो
देखाए जस्तै
पाका मानिस तन्नेरीहरु संगै लगि
तराई झर्थे,बास र बाटो बताउथे
मौवाल बस्तुभाउ,लालावाला सहित
अगहन तराई झर्ने र फागुनमा फर्कने
मालमधेसको भारी बोक्नु मात्र होइन
छेलो उठाउने जुहारी पनि हुन्थ्यो
छेलो उठाउन सजिलो होला
जिन्दगी चलाउन गाह्रो छ
जिन्दगीका मोडहरुमा पार गरिने
आरोह,अवरोह र घुम्तिमा
चुनौती र अवसर रहिरहन्छन
चुनौतीको सामना गर्न सके सफलता मिल्छ
छेलो उठाउन सके पाइक भइन्छ
मधेसको बाटोमा छेलो उठाईन्थ्यो
उछिटो बोकाइन्थ्यो
नववटुवाले एकसाथका सबैलाई
मिठाई बाडन लगाइन्थ्यो
खोलातिरको ढुङ्गा बोकि
डाडाको टुप्पोमा पुर्याउनु पर्ने
उछिटो बाडनु पर्ने
बाटो भरिको रीत परम्परा सिकाइन्थ्यो
नववटुवाको पाठशाला नै हुन्थ्यो
कुन देउतामा के चढाउने
कहि कालो, कहि सेतो,कहि रातो
धाजा चढाउनु पर्ने
पातिहाल्यामा पात चढाउनु पर्ने
झालिमाली बोलाउने
बायाँ खुट्टाले माटो पछाडी जानू पर्ने
बाटो भरी नियमहरु धेरै हुन्थ्ये
कुनै थानमा गुड ,मिश्री,मिठाई चढाउने
कहि त सबै मिलि बोका काटनु पर्ने
कलपठ्ठे कालो,सेतपठ्ठेमा सेतो
घण्ट,त्रिसुल,त थान थानमा
लेक जुजी खानु माल पुजी खानु
पुजा पाठका लागि पाण्डालाई पैसा
नगदमा दिनु पर्ने पनि हुन्थ्यो
साउली हाल्ने
बटुवाको लस्कर पुग्दा
स्याउला बाटोमा राख्ने गरिन्थ्यो
हरियो स्याउला सगुन मानी पैसा दिइन्थ्यो
लौडी हाली झेउडी
बाटोमा लठ्ठी तेर्साएर राखेको हुने
नाघेर गए मेरो लठ्ठी किन नाघेको भन्ने
हटाएर गए मेरो लठ्ठी किन छोएको भन्ने
बाटोमा लठ्ठी देखे रीत के हो सोधिन्थ्यो
रीत अनुसारको तिर्नु पर्ने तिरिन्थ्यो
ठुलो लस्करमा कुनै बिमारी पर्दा
उसको भारी वाडेर बोकि साघाइन्थ्यो
हैजा,महामारी पर्यो भने
ढुङ्गामा दुई मुठी दाल चार मुठी चामल
एक ढिको नुन राखी छोडी जाने
मरि गए वैकुण्ठ गए बाचे भने
नजिकको बस्तीमा शरण लिने
त्यतै काम गर्ने मेसो मिलाएर घरजम गर्ने
मधेस जानु सरल भने होइन
(मधेस )मालै रहनु गाली मानिन्थ्यो
माल जान रहर गर्छन
उकाली ओराली जान्दैनन
खसम मधेस गएका घरमा पत्नी
कित माल उव होइजा कि तेल्या ढलिजा
कित सुवा घर आइजा कि बैँस गलिजा
मधेसबाट फर्किनु समर जिते सरह थियो
छेलो उठाए पाइक भइन्थ्यो
उछिटो बाढने लाई दुवोले सम्मान गरिन्थ्यो
यस्तै यस्तै छन उहिलेका कुरा
परशुराम १२ डडेल्धुरा