साथी

कैलासकुमार पाण्डेय

साथी उस्तै छौ कि फेरियौ
सिल्लेकमा अरिङ्गालको गोलामा
ढुङ्गा हिर्कायौ
आफुहरुको अनुहार फेरियो नै
बाटो हिडने कोहि सकुशल रहेनन
गोबरको डल्लोको गोला पडाकायौ
आफुहरुलाई आगोले असर गर्‍यो नै
घरमा समेत क्षति भएथ्यो
तिम्रो पाठशालामा खैनी ,सुर्ती ,बिडिको
अभ्यास गरियो
म त लत बस्न बाट बचे
तिमीले छोडन सक्यौ सकेनौ
भदौको रंगुन हाम्रा लागि सामान्य हुन्थ्यो
हामी त वारपार सहजै गर्थ्यौ
गणेशलाई तार्न खोज्दा,पार त गर्न सक्यौ
किताब सहितको झोला बगेको
पश्चाताप अहिले पनि हुन्छ
पछाडिको सिटमा बसि
अगाडिको साथीको पुच्छर जोडने
पिठ्युँ मा फोहर गर्ने
झोलामा ढुङ्गा राख्ने कुरा त समान्य हुन
ठुलठुला घटना दुर्घटना हाम्रा कारणले भए
भन्छन वालपनमा चञ्चल 
बृद्धावस्थामा आध्यात्मिक नहुने
असाधारण हुन रे
स्मरणमा रहेका धेरै घटना
अझै पनि जिस्क्याउछन
माछा मार्न सजाइएको तीप,बल्छीमा
माछा छोपी लैजाने
घट्टमा पिसिएको पिठो चोरेर बेच्ने
मखमलीको भट्टीमा तीन पाने चाख्न जाने
कति त चर्चित जड्याहा नै भए
हाम्रा दौँतरीका
चर्न लागेका साडे जुझाउने
जसले घटना पनि घटे
सजायको भागेदार पनि भइयो
केटी साथी जिस्क्याउनु
बारीको कार्का चोर्नु त सामान्य नै हो
मल्लाखलामा घ्वाइकास खेल्दा
हर्केको दात टुटेको
हाटगडामा आँप चोर्न जादा
वलेको खुट्टा भाच्चिएको
हामी दुईको मात्र होईन
हाम्रा दौँतरीको चर्तीकला यस्तै थियो
तिम्रो संगतले हो वा मेरो स्वभावले
हाम्रा समयका जति घटना
अरुहरुका छैनन, थिएनन होला
संसर्ग जादोस गुणा भवन्ति
धेरै घटनाले पाठ पनि सिकाएको छ
सजग पनि गरायो
लत पनि बसायो
समयको गति फेरेयो
जिम्मेवारी बढे पछि स्वभाविक
ब्यवहार पनि फेरिन्छ भन्छन
हामी पनि केही हद त फेरियौ
तर नानी देखिको बानीको
केही प्रभाव त रहन्छ नै
कति फेरिए कति बाकी रहे सोध्न मन लाग्यो
के छन खवर बुझ्ने ईच्छा जाग्यो
के छन त नया नौला?


परशुराम १२ डडेल्धुरा 

You might also like
Leave A Reply

Your email address will not be published.