धुन्धुवती

कैलासकुमार पाण्डेय

निरन्तर बगिरहेको तिम्रो प्रवाह
बग्दै गर्दा एक अञ्जली उभाए
लामो स्वास लिदै समुद्र निलुला झै
घुट्को लगाउदा पनि
न त रोकियो न त सकियो
समयको गति
स्निग्ध कन्चन स्वरुप
सृष्टि देखि हाल सम्मन
निरन्तर निरन्तर
अबिराम बगिरहेको छ
कैयौ सभ्यता बने कैयौ बगे
म जस्ता हजारौ हातले  रोक्न खोजे पनि
पहाड ,चट्टानले छेके पनि
समय रोक्ने दुस्साहस
कसैले गरे पनि
तिम्रो तागतका अगाडी
कसैको केही चलेन
पहाडदेखि समुद्र सम्म
कैयौ जोडिए कैयौ मोडिए
जीवन संग जोडिएको छ
तिम्रो परिचय
धुन्धुगिरीबाट निस्केकी हुनाले
धुन्धुवती भनिएकी
पूर्वे भागेश्वरो देव धुन्धुपर्वत सुब्रत
भार्गव ऋषिबाट पुजित
भागेश्वर भगवानको पाउ बाट निस्केर
महाकालीमा मिल्दा भार्गवतीर्थ बन्छ
सिद्धतीर्थ, सिद्धसर( शिर्ष) पनि छ बिचमा
मल्लीताल तल्लीजाल देवालय पनि छन
जन्म देखि मृत्यु पर्यन्त
सबै जीवन उपयोगी संस्कार
तिम्रै जल बाट गरिन्छन
शिवालयमा रुद्राभिषेक तिम्रै जलको हुन्छ
गहिराइमा मोती छ
बहावमा शक्ति छ
गरा गरामा मोती फल्छ
ज्योति बल्छ
अबर्णित बर्णित धेरै कथा छ्न
आ-आफ्नो साइनो जोड्छ्न
मेरो पनि पुर्खा देखिको साइनो छ,सम्बन्ध छ
तिम्रै प्रवाहको एक आचमनी जल चाखी
भूर्भूवश्व जपेका थिए
तिम्रै जल शिर माथि छर्की
गङ्गा त्रीपथ गामिनी
गङ्गे यमुने चैव भनी स्नान गरेका थिए
ॐ ब्रह्म तृप्यताम्।
ॐ विष्णुस्तृप्यताम्।
ॐ रुद्रस्तृप्यताम्।
भनी तर्पण गरेका थिए
द्यौ शान्ति ,पृथ्वी शान्ति भनी अभिषेक
छर्केका थिए
एक अञ्जुली जल उभाइ
ॐ एहि सूर्य सहस्त्रांशो तेजोराशे जगत्पते
भन्दै सूर्य अर्घ्य दिएका थिए
जीवनका तमाम आरोह अवरोहको
साक्षी छ्यौ तिमी
तिम्रै समिपमा धुम्रकेतुको आश्रम छ
नमन छ तिम्रो  गतिलाई
सलाम छ प्रकृतिलाइ
जय धुन्धुवती


परशुराम १२ डडेल्धुरा 

You might also like
Leave A Reply

Your email address will not be published.