बिज्वा

कैलासकुमार पाण्डेय

तिमीले र तिम्रा पुर्खाले
मलाई चिन्ने भनेको भूत भनेर हो
सधै भूतभूत भनेर डरको हाउगुजी छु
मेरो नाममा कैयौ पटक
निरीह मानिस कुटिए
मेरै नाउमा काला बोका काटिए
खोलाको पल्लो किनारमा
कालो धाजानेजा बाधिए
धामी झाक्री बसि खलि लाउछन
रात भर जाग्रम बसि जागर नाच्छन
भूत भगाउने यावत कार्य गरिन्छन
मेरो हिडने बाटो तोकिन्छ
साध सिमानाको बैरख बाधिन्छ
नदि छेउमा वालुवा घुमाएर उडाउने चक्रवात
होस वा
ठूलो हावाहुरी तुफानमा मेरो
प्रतिरुप खोज्दै मेरो छोरोको बिहेको
संज्ञा दिइन्छ
बज्रपातले क्षती पुर्‍याउदा
मेरो नाउ नै जोडिन्छ
एउटा  त्यो खोलामा देखे भन्छ
हिडदा जिस्क्यायो मलाई केही गरेन
अर्को थप्छ
उसको केही बिगारे,बिराए पो लाग्छ
आर्कोले थप्छ
होला पनि ,भूतात्मा भूत भावना
अर्कोले जोडछ
सानी नानीले जिज्ञासु भइ सोधी
भूतको घर कस्तो हुन्छ
फोहोर ,कुरुप ,डरलाग्दो रौरव
नरक जस्तै भनी उत्तर सुझाउछन
कहि पुजा गर्ने पनि गरिन्छ
भूतय पतये नम: भनी भूतनाथ
सदाशिवको पुजा गरे जस्तै
दानवको पनि पुजा गरिन्छ
भुतका पति संगै भूतको पनि पुजा हुन्छ
जतिसुकै पुजनिय भए पनि
हरेक बिनास,ध्वंस ,कहालीलाग्दो
घटना संग मलाई जोडछन
तिम्रा पुर्खाले यो भूमि टेक्दा
यहि माटोको पुजा गरि मेरै वलले
बिजेता बनेको इतिहास सायद भुल्यौ
दिब्य शक्ति बाट प्राप्त वाणी पनि बिर्स्यौ
डोकोमा बोकि ल्याएको देवताले
थान पाएको पनि बिर्स्यौ होला
तिम्रा पुर्खाले पाएको जय, विजय
यश,कृतिका पछाडी कसको हात थियो
सोध्नु होला
सत्य बिर्सदै गयौ
वटुवाले भनेको किम्वदन्तिमा बिश्वास गर्‍यौ
अरुले भनेका कुराको भरमा मलाई भुत देख्यौ
हरेक क्रियाकलाप प्रतिकुल पायौ
कठोर बिज्वा सम्झ्यौ
समरको बिजय कसैले सम्झदैन
बिजेता भए पछि स्वय महान ठान्दछ
अनुकुल जति देउता र प्रतिकुल जति भूत
ठहर्ने परिपाटी छ हामीमा
विज्वा भूत त्राहिमाम त्राहिमाम
तर त्यस्तो बिगारेको त केही छैन
कटाल काटदा बाध,भालु संग लडेकै थियौ
भदौमा उनरुवा तर्दा सहयोग गरेकै हो
मालमधेसको औल संगै छलेका थियौ
धरोधर्म बिज्वा भूतै हो भन्न सक्नु हुन्छ त
भूतै भएको भएको भए
ग्वान्नी,थपलाका मान्छे एक दिनका
तरकारी हुन्थेन
चौधसहश्र डोटी सबै मिलि जोडेका हौ
वाइसफाट,कुमाउ सोलसय स्वराड
नौसय पश्यगड,एधारसय हाटपुर्चौडा,
छामी अछामी सबै एकै बाटो हिडाएकै हौ
एकताको भावना कहाँ टुट्यो
बिभेदको खाडल बन्यो
देवता र भूतको कथा बन्यो
कुनै बेला
मैले काटेको समिधामा स्वाहा गर्थ्यौ
मैले टिपेको चिउरीको पातमा स्वधा चडाउथ्यौ
तिम्रो डोकाको शिलालाई थानमा राखी
पुजनिय बनाएकै हौ
बाह्र माला,बाह्र कोला संग पनि हाम्रो सरोकार छ
तल्ली झाल, मल्लीताल संग पनि साइनो छ
परापुर्व देखिको साइनो सम्बन्ध टुटाउनु भएन
एउटा भगवान अर्को भूत हुँदै होइन
एउटा सहयात्री हो बिज्वा
असल मित्र हो विज्वा
बिजयको दृष्टिले हेर्ने गरौ
अहंकारले हेर्दा विभेद देखियो

कैलासकुमार पाण्डेय
परशुराम १२ डडेल्धुरा

You might also like
Leave A Reply

Your email address will not be published.