बझाङमा ढुंगा खस्दा एक महिलाको मृत्यु

बझाङ-  बझाङमा ढुंगा खसेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको थलारा गाउँपालिका–३ देबलमाझकी अन्दाजी २४ वर्षीया राधिका जोशी उपाध्यायको हिजो (सोमबार) घर पोत्ने माटो खन्ने क्रममा ढुंगा खस्दा मृत्यु भएको हो ।

उनका दुई नाबालक छोराछोरी छन्। राधिकाको घरमा हाल ४० दिनकी एक नवजात छोरी र ढाई वर्षको छोरा छन् । उनको मृत्यु भएपछि छोराछोरीको विचल्ली भएको वडा नम्बर ३ का वडाअध्यक्ष प्रकाश भण्डारीले बताए ।

You might also like