विद्युत प्राधिकरणको बक्यौता रकम उठाउने ऊर्जामन्त्रीको पहिलो निर्णय

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले आज पद तथा गोपनियताको सपतग्रहण पश्चात पदभार ग्रहण गरेका छन् ।
सोमबार पदभार ग्रहण गर्दै ऊर्जामन्त्री घिसिङले पहिलो निर्णय समेत गरेका छन् ।मन्त्री घिसिङले नेपाल विद्युत् प्राधिकरणको बक्यौता बापतको रकम उठाउने पहिलो निर्णय गरेका छन् ।
डेडिकेटेड र ट्रंकलाइनका बाँकी वक्यौता रकम तुरुन्त असुल गर्न विद्युत प्राधिकरणलाई कडाइका साथ निर्देशन दिनुभएको छ ।

साथै, ऊर्जामन्त्री घिसिङले खादा माला तथा अबिर केही पनि नलिने घोषणा समेत गरेका छन् ।

 

 

You might also like