समाजसेवामा रुचि राख्ने बैतडी दसरथचन्द ३वैतडी घर भई हालकाठमाडौं निवासी इन्जिनियर हरिशंकर जोशीले आफ्नो जन्मोत्सवलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै दिनदुःखी तथा विपन्न परिवारहरूलाई सहयोग गरेका छन।
आज अर्थात कार्तिक २१ गते शुक्रबार आफ्नो जन्मोस्तवमा उहाले वैतडीका अति बिपन्न र दुखी परिवारका लागि लुगाफाटो किन्नका लागि वैतडी शाहिलेकमा रहेको कपडा बैंक लाई २५००हस्त्तान्तरण गरेका छन् ।
उक्त कपडाबैंकको स्थापना वैतडीकै समाजसेवी महेस दत्त भट्टले गरेका हुन् । उनले जिल्लाका गरिब र दुखीहरुलाइ कपडा दान गर्दै आएक छन्।
इन्जिनियर जोशीले भने,“हामीले जन्मदिन केवल रमाइलो गर्नका लागि होइन, समाजमा केही योगदान दिनका लागि मनाउनुपर्छ। साना सहयोगहरूले पनि कसैको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ।”
उनले आगामी वर्षहरूमा पनि यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।उक्त सहयोग बारे दसरथचन्द ३ का समाजसेवी जगदिस क्षेत्रीले जोशीको परोपकारी कार्यको प्रशंसा गर्दै भने,“यस्ता उदाहरणहरूले समाजमा सकारात्मक सोच र सहयोगी संस्कार विकास गर्न ठूलो भूमिका खेल्छ।
इन्जिनियर जोशी विगत केही वर्षदेखि विभिन्न सामाजिक र शैक्षिक अभियानमा सक्रिय रहँदै आएका छन्। उनले विगतमा पनि बाढीपीडित र अशक्त व्यक्तिहरूका लागि राहत सामग्री संकलन तथा वितरण गरेका थिए।