धनगढी- कैलालीको धनगढीमा सम्पन्न प्रथम निता स्मृति राष्ट्रिय उसु प्रतियोगितामा सुदूरपश्चिम प्रदेश प्रथम भएको छ । पुस १४ गतेदेखि सुरु भएको प्रतियोगितामा सुदूरपश्चिमले ९ स्वर्ण, ४ रजत, र १ कास्य पदकसहित १४ पदक जितेको हो ।
नेपाल पुलिस क्लबले ११ पदकसहित दोस्रो स्थान हासिल गर्यो । गण्डकी प्रदेशले ७, लुम्बिनीले ७, कर्णालीले ४, र बागमतीले १ कास्य पदक जितेका छन्। जुनियरतर्फ पनि सुदूरपश्चिम प्रथम भएको छ ।
प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो, जसमा १९६ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।