डडेल्धुरा- “हाम्रो गाँउ हाम्रो पहिचान, युवा मिलौँ गाँउ बनाऔँ ” भन्ने मुल नाराका साथ डडेल्धुराको नवदुर्गा गाँउपालिका वडा नं.५ को चामामा वडा स्तरीय खुल्ला भलिवल प्रतियोगिताको आयोजना हुने भएको छ ।

सरस्वती गाँउ सुधार युवा क्लव, नवदुर्गा ५ चामाको आयोजनामा हुन लागेको उक्त प्रतियोगिता कार्तिक ३ र ४ गते सम्पन्न हुन लागेको हो ।
प्रथम पुरस्कार नगद रु ४० हजार, द्धितिय पुरस्कार नगद रु २० हजार र तृतिय पुरस्कार नगद रु १० हजार रहेको आयोजकले जानकारी दिएको छ । खेल मार्फत गाऊका युवाहरुलाई एकजुट गराउने साथै भलिबल खेल र खेलाडि लाई अगाडि बढाउनु यस प्रतियोगिताको मुख्य उद्देश्य रहेको खेलका संयोजक कृतिनिधी बिष्टले बताउनु भयो ।
भलिवल प्रतियोगिता सम्पन्न गर्न उप संयोजकको रुपमा तपेन्द्र बिष्ट, सुरेन्द्र बिष्ट र उत्तम बिष्टलाई जिम्वेवारी दिईएको छ ।
