पदम जोरा,डडेल्धुरा
डडेल्धुराको परशुराम नगरपालिका वडा.न.६, ले हरेक बर्ष झै यस बर्ष पनि स्व.नरबहादुर धामी स्मृतिकप कृकेट प्रतियोगिता आयोजना गर्ने भएको छ ।

उक्त प्रतियोगिता यहि असोज ३१ गतेबाट वडा.न.६ को बण्ड खेलमैदानमा हुने भएको छ । प्रतियोगितामा टिम दर्ता शुल्क २ हजार ५ सय तोकिएको वडा.न.६ का वडा अध्यक्ष खगेन्द्र बहादुर सिहले बताउनुभयो ।
प्रतियोगिताको बिजेताले ६२ हजार ५ सय र उपबिजेताले ३१ हजार २ सय ५० रुपैयाँ,नगद पुरुस्कार प्रमाणपत्र प्राप्त गर्नेछन् । खेलाडी स्थानीय परशुराम नगरपालिकाको नागरिक हुनु पर्ने तथा हरेक बिधामा उत्कृष खेलाडीलाई समेत पुरस्कृत गरिने अध्यक्ष खगेन्द्र बहादुर सिहले जानकारी दिनु भयो ।
२०७४ सालको स्थानीयतह निर्वाचनमा वडा. न.६ का निर्वाचित वडा सदस्य नरबहादुर धामीको स्मृतिमा वडाले क्रिकेट प्रतियोगिताको आयोजना गर्दै आएको छ ।
वडा सदस्य स्व.नरबहादुर धामीको पन्तुरा नदि तर्ने क्रममा नदिमा बगेर ज्यान गएको थियो ।