आज सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ-  अन्तर्राट्रिय बजारमा सुनको मूल्यमा गिरावट भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेकोे छ। आज सुन र चाँदीको मूल्यमा सामान्य गिरावट भएको छ। गत शुक्रवारको तुलानामा आज प्रतितोला सुनको मूल्य एक हजार दुई सयले घटेको हो।

शुक्रवार प्रतितोला एक लाख ५३ हजारमा कारोबार भएको सुन आज बजार खुलेसँगै एक लाख ५० हजार आठ सयमा खरिदबिक्री भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। चाँदीको मूल्य प्रतितोला २० घटेको छ। शुक्रवार प्रतितोला एक हजार आठ सय ६० मा कारोबार भएको चाँदी आज एक हजार आठ सय ४० मा किनबेच भइरहेको छ।

You might also like