डडेल्धुरा सदरमुकाममा खुल्यो ड्रिम क्याफे एण्ड रेस्टुरेन्ट

डडेल्धुरा- जिल्लाको अमरगढी नगरपालिका वडा नं.५ तुफानडाँडामा अत्याधुनिक सेवा सुविधा सहित ड्रिम क्याफे एण्ड रेस्टुरेन्टको आज विधिवत रुपमा उद्घाटन भएको छ ।


नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाको भवनको तेश्रो तल्लामा सञ्चालनमा आएको क्याफे यस क्षेत्रका कफिका पारखीहरु लाई लक्षित गरि संञ्चालनमा ल्याईएको भए पनि कफि संगै अन्य नास्ताका परिकारहरु पनि उपलब्ध हुने संञ्चालकले बताए ।
डडेल्धुराका ३ जना युवाको साझेदारीमा करिव ५० लाख लगानीमा सुरु भएको रेस्टुरेन्टले प्रत्यक्ष रुपमा ५ जना र अप्रत्यक्ष रुपमा ५ जना गरी जम्मा १० जना लाई रोजगारी दिएको छ ।
रेस्टुरेन्टमा हाल १६ वटा भेरायटीका कफि उपलब्ध हुनेछन् भने काठमाण्डौ तथा धनगढी जस्ता शहरका रेस्टुररेन्टमा उपलब्ध हुने सेवा डडेल्धुरामा प्रदान गर्ने योजना सहित रेस्टुरेन्ट खोलिएको भए पनि रेस्टुरेन्टमा परिकारको दररेट सबैले अफोर्ड गर्न सकिने खालको भएको रेस्टुरेन्ट संञ्चालकले बताए ।

You might also like