पदम जोरा,डडेल्धुरा
इलाका प्रशासन कार्यालय ,जोगबुडाको नेतृत्वमा जिल्लाको परशुराम नगरपालिका १२ स्थित जोगबुडा वजार अनुगमन गरिएको छ । अनुगमन टोलीले आज बिहान ११ वजे बाट परशुराम १२ स्थित लालढुङ्गा बजार अनुगमन गरेको हो ।

प्रशासनको नियमित कार्यक्रम र चाडपर्वको समयमा हुन सक्ने कालोवजारी, रोकथाम तथा उपभोक्ता हकहितका लागि बजार अनुगमन गरिएको इलाका प्रशासन कार्यालय जोगबुडाका कार्यालय प्रमुख लक्ष्मी कुमारी पन्तले बताउनु भएको छ ।
वजार अनुगमनका दौरानमा म्याद नागेका खाद्य तथा पेयपदार्थ (जुस),चिउरा,भुजा,नम्किन,दालमोट,बिस्कुट बरामद गरिएको कार्यालय प्रमुख लक्ष्मी कुमारी पन्तले बताउनु भयो ।
यहाँको समस्या भन्ने कि ? मनपरी भन्ने एकै ठाउमा खाद्य,पेय,प्रज्वलनसिल इन्धन राखिएको भेटियो भने मूल्य सुचिको अभाव र हाटेलहरुमा सरसफाइ र भान्सा ब्यवस्थित नरहेको पायौं पहिलो पटकलाइ सम्झाउने काम भएको छ ।
अझै स्थानीय सरकार परशुराम नगरपालिका, उद्योग बाणिज्य संघ , बजार ब्यबस्थापन समितिले उद्योगी , ब्यापारीको हकहितमा काम नगरेको जस्तो पायौं ।
अनुगमन टोलीमा परशुराम नगरपालिकाको कार्यालयका प्रतिनिधि ,उद्योगबाणिज्य संघ,डडेल्धुरा र जोगबुडाका प्रतिनिधि ,सुरक्षाकर्मि र पत्रकारहरुको सहभागीता रहेको थियो ।