कैलाश कुमार पाण्डेय
चोकमा टिङ्ग उभिएको शालिक कुरुक्षेत्रको वर्वरिक जस्तै देखेका सुनेका कुरा सत्यसत्य भन्दैछ सायद कुनै नेताजीको सम्बोधन हो कि कुनै पिडितको आर्तनाद हो वा चटकेको भालु नाच जादुगरले जादु देखाउदै गरेको वा सडक नाटकको प्रहसन प्रदर्सन हुलका हुल त्यतै जाँदै थिए सबैको हिडाइमा परिवर्तनको गति देखिन्थ्यो हरेकको भावभंगिले ब्यवस्थाका प्रती राज्यका प्रती ,दलका प्रति दलकानेताका प्रति को आक्रोस देखिन्थ्यो निर्जीव ठिङ्ग उभिएको पुतला जस्तो धारा प्रवाह मन्त्रमुग्ध बिचार राख्दैछ भनेका कुरा ठिक हुन वा सुन्नेले राम्रो सुनेका हुन वा सत्य साचो त्यही हो प्रस्तुति आकर्षक, उत्तेजक ,सत्य परक थियो सत्ताका प्रति जहिले पनि बितिष्णा नै हुन्छ असिमित आवश्यकता सिमित श्रोत साधनले ब्यवस्थापन गर्नु चुनौतीपुर्ण त होनै तैपनि राज्यको सारा शक्ति सत्ता कै वरिपरि रहन्छ सत्ता सिमित मान्छेको घेरामा रहन्छ सत्ता शक्ति सधै आलोचित रहन्छ आदर्श मानिएको रामराज्यको पनि आलोचना थियो बिरोधको स्वर चर्को हुन्छ बिरोधमा नारावाजी ,प्रदर्शन गर्ने सजिलो हुन्छ बिरोध गर्नका आकर्षक नारा बनाउन सकिन्छ त्यसैमा वर्ग,क्षेत्र,वर्ण,सम्प्रदायका चर्का कुराले आत्मसम्मान माथी चोट पुग्ने कुराले बिद्रोह बढाउछ प्राणाहुती गर्ने प्रेरित गर्छ एक आह्वानमा हजारौंले जीवन उत्सर्ग गरेका पनि छन कुन पक्षको के आह्वान हो ठम्याउन त सकिएन तर बिद्रोहको स्वर भने हो पक्कै पनि कसैन कसैलाइ उत्तेजित गरि रहेछ तुक न तर्क भएको बिद्रोह पनि देख्यौ त्रासदी र ध्वंस सहितको युद्ध पनि देख्यौ युद्ध पछिको शान्ति र शान्ति संगैको भ्रान्ति पनि देख्यौ पद,प्रतिष्ठा ,सत्ताका लागि गरिएका कुकृत राज्य शक्तिका बिकृती पनि देखिए त्यही असन्तोस पोखिएको हो कि चोकमा अनविज्ञ निर्जीव शालिक भनिएको चोकमा टिङ्ग उभिएको शालिक कुरुक्षेत्रको वर्वरिक जस्तै धेरै धेरै धेरै भन्दैछ अवत अति भयो अति सर्वत्र वर्जयेत परशुराम १२ डडेल्धुरा