अष्ट्रेलियामा १६ वर्षमुनिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने कानुन पारित

सिड्नी- अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकाले सामाजिक सञ्जाल चलाउन नपाउने भएका छन्। अस्ट्रेलियाको संसदले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्नबाट प्रतिबन्ध लगाउने कानुन पारित गरेसँगै यो नियम लागू भएको हो। यो नियमलाई विश्वमा ठूला सामाजिक सञ्जाल प्लेटफर्महरूलाई लक्षित गरी सबैभन्दा कडामध्ये एक मानिएको छ ।

बिहीबार सिनेटले पारित गरेको कानुनले १६ वर्षमुनिका व्यक्तिहरूलाई सामाजिक सञ्जालमा खाता खोल्नबाट रोक लगाएलगत्तै इन्स्टाग्राम, फेसबुक र टिकटकजस्ता सामाजिक सञ्जाललाई ठूलो नोक्सानी हुनेछ। बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्ने कानुन लागू गराउन नसकेमा अष्ट्रेलियन डलर ५० मिलियनसम्म जरिवाना सामाजिक सञ्जाल कम्पनीहरूलाई हुनेछ । प्रधानमन्त्री एन्थोनी अल्बानीजले विधेयकको समर्थन गरेका छन् ।

सो कानुन पारित भएलगत्तै अभिभावकहरूले खुसियालीमा जुलुससमेत गरेका छन् ।

You might also like