प्रहरीको वेबसाइट ह्याक गरी संवेदनशील डेटा चोरी

डडेल्धुरा–नेपाल प्रहरीको वेबसाइट ह्याक गरी २० लाख नागरिकका संवेदनशील डेटाहरू चोरी भएको छ। ‘काजु’ नामक ह्याकर समूहले नेपाल प्रहरीको आधिकारिक वेबसाइट ह्याक गरी २० लाख माथि नागरिकका संवेदनशील डेटा हात पारेको हो।

डेटा लिक गरेको जानकारी दिने प्लेटफर्म डार्क फोरममा राख्‍दै उक्त समूहले नेपाल प्रहरीको केन्द्रीय वेबसाइट ह्याक गरेका उक्त संवेदनशील डेटाहरू बिक्रीमा राखेको हो । बिक्रीमा राखिएको उक्त संवेदनशील डेटाको मूल्‍य काजु समूहले सात हजार अमेरिकी डलर तोकिदिएका छन् । पोस्टमा ह्‍याकरले नेपाल प्रहरीको बेससाइटबाट लिएको डेटा भने सन् २०२५ कै रहेको भए पनि कुन महिनामा लिएको भनेर उल्लेख गरेको छैन। ह्‍याकरले किन्न चाहने व्‍यक्तिले सम्पर्कका लागि सेसन आइडी, सिग्नल र क्यूटक्सको ठेगाना समेत उपलब्ध गराएका छन्।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले चोरी भएको संवेदनशील डेटा नेपाल प्रहरीको नभएको दाबी गरे । उनले सो विषयमा गम्भीर अनुसन्धान भइरहेको जिकिर गरे । साइबर सुरक्षा विज्ञ रिवश न्यौपाने समयमा वेबपोर्टलको सेक्युरिटी अडिट नगर्दा, भीपीएटी नगर्दा सरकारी वेबसाइट ह्याकरको निशानामा पर्ने गरेको बताउँछन्। नेपाल प्रहरीले सर्भर टेस्टिङ गर्दा रियल डेटा राखेर गर्नु गलत अभ्यास भएको उनले बताए ।

You might also like