जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२३ असार,,२०७९
१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके खजुरा
गाउँपालिका-२ बस्ने २० वर्षीय अब्दुल खाँलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
ती किशोरीलाई खाँले धाकधम्की दिई गत असार १६ गते तथा विभिन्न समय र
स्थानमा समेत जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई
पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.