उषालाई दक्षिण एसियन प्रतियोगितामा स्वर्ण पदक

१४ असार , २०७९
बझांग जिल्लाको बित्थडचिर गाउँपलिका वडा नंं ०९ भतडाकी १७ वर्षीय उषा रावलले दक्षिण एसियन फुल कन्ट्याकट कराते प्रतियोगितामा स्वर्ण पदक हात पारेकी छन् ।

असार ११ र १२ गते भारतको पश्चिम बंगालमा भएको दक्षिण एसियन फुल कन्ट्याकट कराते प्रतियोगितामा रावलले स्वर्ण पदक जितेकी हुन ।

बझाङ बुदोकैदो फुलकन्ट्याकट करातेकी खेलाडी समेत रहेकी रावलले नेपालको नेतृत्व गर्दै ४५ केजी तौल समूहमा पाकिस्तानकी खेलाडीलाई हराउँदै बाजी मारेको प्रशिक्षक योगेश बोहराले बताए ।

You might also like