सुदुरपश्चिमको डडेल्धुरा जिल्ला अमरगढी नगरपालिका वडा नं.३ मा पर्ने प्रशिद्ध धार्मिकस्थल “घटाल” क्षेत्र यस क्षेत्रको प्रशिद्ध धार्मिक पर्यटकस्थलको रुपमा चिनिन्छ । हरेक बर्ष नयाँ बर्षमा यस क्षेत्रमा “बिशु” मेला लाग्ने गर्दछ भने अन्य दिनहरुमा नियमित पुजाआजा हुने गरेको छ । सुदुरपश्चिम आउने उच्च ओहोदाका व्यक्तिहरुले यस क्षेत्रको दर्शन नगरेको घटना बिरलै होला । चर्चित शक्तिशाली को रुपमा हेरिने “घटाल” वावाको मन्दिर क्षेत्रमा पक्षिल्लो समयमा विभिन्न भौतिक निर्माणका कार्य सुरु भएका छन् । प्रस्तुत छ “घटाल” क्षेत्रका केही तस्विरहरु ।
तस्विर :- गणेश बहादुर मगर