जलवायू सम्बन्धि जनचेतना फैलाउदै सि.के.रिसर्च

काठमाण्डौ-विश्वव्यापीरुपमा प्रभाव पारिरहेको जलवायू परिवर्तनका विरुद्ध ध्यानाकर्षण गर्न सि.के. रिसर्च एण्ड ग्रिनरी प्रमोशन प्रा.ली गोकर्णेश्वर काठमाण्डौले थालेको ग्रो ग्रिनरी,सेभ द अर्थ अभियान दक्षिण कोरिया पुगेको छ ।
जलवायू परिवर्तन र यसले पारेको असरका बारेमा बिश्वको ध्यान आकर्षित गर्ने उद्देश्यले सि.के. रिसर्चले अभियान सन्चालन गरिरहेको छ ।


यस अभियान अन्तर्गत बिश्वको शक्तिसाली राष्ट्र हरुको मुख्य शहरहरुमा ग्रो ग्रिनरी,सेभ द अर्थ लेखिएको सन्देश मुलक ब्यानर प्रदर्शनी गरी बिश्वले सामना गरिरहेको जलबायु परिवर्तनको असरलाई न्यनिकरण गर्न सबैले हरियालीमा जोड दिउँ भन्ने सन्देर दिईरहेको अभियानका सन्चालक सि.के. रिसर्च एण्ड ग्रिनरी प्रमोसन प्रा.ली. का अध्यक्ष छिन्डुम भोटेले बताउनु भयो ।

यस अभियान अन्तर्गत भर्खर मात्र दक्षिण कोरियाको ३ वटा सहरहरुमा ग्रो ग्रिनरी,सेभ द अर्थ लेखिएको ब्यानर प्रदर्शनी गरिएको थियो । दक्षिण कोरियाको ३ वटा सहरमा संखुवासभा जिल्लाको भोटखोला वार्ड नं २ रिदाकको टासी ज्याँग्रा भोटेले ग्रो ग्रिनरी,सेभ द अर्थ लेखिएको व्यानर प्रदर्शनी गरेका थिए ।


यस भन्दा अगाडी बिश्वको सर्वाच्छ सिखर सगरमाथाको चुचुरो तथा सुदूरपश्चिमको साईपाल हिमालको आधारसिविरमा समेत ग्रो ग्रिनरी,सेभ द अर्थ लेखिएको व्यानर फहराई सकिएकोछ ।
अब निकट भविश्यमै अमेरिका तथा युरोपको बिभिन्न शहरमा पनि यो सन्देश पुर्याउँने लक्ष्य रहेको छ सि.के. रिसर्च एण्ड ग्रिनरी प्रमोसन प्रालीका अध्यक्ष छिन्डुम भोटेले बताउनु भयो ।्
सि.के रिसर्चले हाल नेपालमा बाँझो जग्गामा बिभिन्न प्रजातीको बोटबिरुवा तथा फलफुलको बृक्षारोपण गर्दै आईरहेको छ ।

You might also like