डडेल्धुरा-प्रशस्त पर्यटकिय सम्भावना बोकेको डडेल्धुराको पर्यटकीय क्षेत्र आलितालमा व्यक्तिगत रुपमा राख्ने भनिएकोशिवजीको मूर्ति विवादमा परेको छ।

आलिताल गाँउपालिका वडा नं.३ का स्थानिय तथा राष्ट्रिय मूर्तिकार महेन्द्र पुन मगरले व्यक्तिगत लगानीमा करिब ५५ लाख रुपैयाँ बराबरको मूर्ति स्थापना गर्ने तयारी गरेको भए पनि आलिताल गाउँपालिकाले आफूहरूसँग कुनै समन्वय नगरी मूर्ति राख्ने प्रक्रिया अघि बढाएको भन्दै आपत्ति जनाएको छ। विभिन्न किसिमका वाधा अड्चन र चौतर्फि घेराबन्दि हुन थालेपछी मुर्तिकार पुन मगरले मुर्ति स्थापना नगरि फिर्ता लैजान लागेको सामाजिक सञ्चाल फेसबुक मार्फत जानकारी गराएका छन ।
उता पालिकाका अध्यक्ष शेर सिंह पार्कीले सामाजिक संञ्जाल मार्फत “स्थानिय सरकारसँग समन्वय नगरी मूर्ति स्थापना गर्न खोजेको आरोप लागाए । उनले भने मुर्ती राख्ने जानकारी सामाजिक सन्जालबाट थाहा पाए पछि हामीले मूर्तिकारलाई बोलाएर छलफल गरेका थियौं,” भन्दै धार्मिक पक्षसँग परामर्श गरेर मात्र अघि बढ्न निर्देशन दिएको बताए। तर फिर्ता लैजाने कुरा चाहिँ सामाजिक संजाल बाट थाहा पाएको बताएका छन् ।
आलितालमा विशाल मुर्ति स्थापना हुन लागेको खवरले पर्यटन प्रमीहरु उत्साहित भईरहेको बेला पछिल्लो समयको विवादले यति बेला सामाजिक संञ्जाल तातिएको छ । आलिताल परिसरमा शिवको मुर्ति राख्न हुने र राख्न नहुने पक्ष विच सामाजिक संञ्जालमा दोहोरी चलिरहेको छ । आलिताल गाँउपालिका अध्यक्ष शेर सिँह पार्कि तथा वडा नं.२ का अध्यक्ष प्रमोद बहादुर मल्लले यो विषयमा सामाजिक संञ्जाल मार्फत धारणा राखे पनी अरु जनप्रतिनिधिहरु भने सामाजिक संञ्जालमा यो विषयमा मौन जस्ता देखिन्छन् ।
यस सम्बन्धमा आलिताल गाँउपालिका अध्यक्ष शेर सिँह पार्कि संग सम्पर्क गर्न खोज्दा फोन नउठेपछी गाँउपालिका उपाध्यक्ष मैना कुमारी रावल बोहरा संग प्रतिकृया बुझ्दा आफ्नो व्यक्तिगत रिसिईवी केही पनि नभएको तर औपचारिक रुपमा गाँउपालिका संग समन्वय गर्नुपर्ने र त्यो नभएको कारण केही विवाद देखिएको भए पनि सौहाद्र्धपूर्ण वातावरण आलितालको पर्यटकिय विकासका लागी सबै पक्ष लाग्नु पर्ने बताउनु भयो ।
