सम्झनामा खप्तड अनी गंगा दशहरा मेला ।

गणेश बहादुर मगर,डडेल्धुरा

भोली जेष्ठ शुल्क दशमी तिथि भोलीकै दिन हरेक बर्ष खप्तड राष्ट्रिय निकुन्ज भित्र रहेको त्रिवेणी धाममा भव्य मेला लाग्ने गर्दछ ।
सुन्दर सुदुरपश्चिमको मात्र नभएर नेपालकै प्रमुख पर्यटकिय गन्तव्य भित्र पर्ने खप्तड राष्ट्रिय निकुन्जले पर्यटकहरुको लागी विविध आकर्षणहरु आफनो गर्भमा साचेर राखेको भान हुन्छ ।


समुन्द्रि सतह देखी १३०० मिटर देखी ३३०० सय मिटर सम्मको उचाईमा फैलिएको खप्तड मा रहेका आखैले हेर्न नभ्याउने २२ वटा पाटन (घासे मैदान) मात्र छैन ति घासे मैदानमा फुलेका अनेकौ प्रजातीका फुलहरुले घुम्न जाने पर्यटकहरुको क्यामेरा लाई आफुतिर आकर्षित गरिरहेको हुन्छ घण्टौ सम्म ।


त्यो उचाईमा रहेको निर्मल, निश्चल र निश्कलंक खापरदह (खप्तड ताल) लाई हेरी रहौ जस्तो लाग्छ भने त्यस क्षेत्रमा रहेका नागढुंगा, केदारढुंगा, सहस्त्रलिंग जस्ता धार्मिक गन्तव्यमा पुग्दा बहुतै आत्मशान्ति हुने गर्दछ भने निकुञ्ज कार्यालय भित्र रहेको मिनि संग्राहलयले थोरै समयका लागी खप्तड पुग्ने लाई बिस्तृत जानकारी दिन्छ ।


प्रायः आजको दिन लाग्ने गंगादसहरा मेलामा विभिन्न ठाउ बाट मेला भर्नेहरु ले हरियो खप्तडी पाटन लाई रंगिचंगि बनाउने गर्दथ्यो भने खप्तडी मैदानमा खेलिने सुन्दर देउडा गितहरु ले सिंगो खप्तडलाई गुन्जयमान बनाउने गर्दथ्यो पहिलो पटक २०६५ सालको गंगादसहरा मेलामा लय मा लय र ताल मा ताल मिलाउदै देउडा खेलेको अझपनि हिजो अस्ति जस्तो नै लाग्छ ।


पहिलो पटक २०६५ सालमा भु स्वर्ग मा पाईला राख्ने सौभाग्य पाए पश्चात धेरै पटक खप्तड पुग्ने अवसर पाईयो हरेक पटक जादा खप्तडमा परिवर्तन हुदै गरेको देखिरहेको छु बिगतको तुलनामा खप्तड सम्मको पहुँचमा धेरै परिवर्तन भएको देख्न सकिन्छ अहिले खप्तडको प्रवेशद्धार सम्म सवारी साधनमा पुग्न सकिने हुदा पहिलेको तुलनामा सहजै खप्तड पुगन सकिने भएको छ ।


खप्तड प्रवेशद्धारहरुमा निर्माण भएका स साना होटेलहरु र खप्तड राष्ट्रिय निकुन्ज भित्र निर्माण तथा संञ्चालन भएका गेष्टहाउसहरु र स साना होटेलहरु ले पर्यटकहरु लाई भरथेग गरिरहेकोछ ।


खप्तडमा के छ ? अनि के छैन ? यो खप्तड घुम्नेहरु लाई मात्र थाहा होला । खप्तड अर्थात भुस्वर्ग धेरैको पहँच भन्दा बाहिर रहेको गन्तव्य…. मलाई लाग्छ मान्छेहरु खप्तड आउन नचाहेर भन्दा पनि भाग्यमा नभएर आउन सकिरहेका छैनन साच्चै भुस्वर्ग खप्तड घुम्न केही त भाग्यमा पनि हुनै पर्छ ।

You might also like