डडेल्धुरा-सानै उमेरबाट फिल्म निर्माण तथा निर्देशनमा लागेका डडेल्धुराका स्थानिय युवा विवेक जैरुको निर्देशन र लेखनमा बनेको चलचित्र ‘धराप’ यूट्यूबमा सार्वजनिक भएको छ ।
‘धराप’ मा डडेल्धुराका स्थानिय कलाकारहरुले अभिनय गरेका छन् । चलचित्रमा स्थानिय अभिनेता आशीब अंशारीका साथै प्रज्वल कार्की, निरुता देउबा र आरती पाण्डेले पनि महत्त्वपूर्ण भूमिका निभाएका छन ।
समीर घिमिरेको सिनेम्याटोग्राफी र फिल्मको साउन्ड डिजाईनले चलचित्रलाई आकर्षक बनाएको छ । यो चलचित्रले प्रेम, परिवर्तन र आत्मविकासको बारेमा गहिरो सन्देश प्रस्तुत गरेको निर्देशक विवेक जैरुले बताए ।
चलचित्र हेर्न तलको लिंकमा क्लिक गर्नुहोला