डडेल्धुरामा आज सम्पन्न भएको १४ औँ संस्करणको डडेल्धुरा जिल्ला स्तरीय राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिताको उपाधि परशुराम नगरपालिकाले जितेको छ ।
२० स्वर्ण १२ रजत र ७ कास्य पदक जित्दै परशुराम नगरपालिकाले उपाधी हात पारको हो । १३ औँ संस्करणको पनि विजेता रहेको परशुराम नगरपालिकाको यो लगातार दोश्रो जित हो । डडेल्धुराको सदरमुकाम स्थित डुडिखेलमा सम्पन्न भएको प्रतियोगितामा १९ स्वर्ण ७ रजत र १७ काश्य सहित अमरगढी नगरपालिकाले दोश्रो स्थान हात पारेको छ । तयसै गरी ८ स्वर्ण १७ रजत र ११ काश्य पदक जित्दै अजयमेरु गाउँपालिका तेश्रो भएको छ ।
जिल्ला खेलकुद समितिका अध्यक्ष डम्बर बहादुर थापाको अध्यक्षता तथा अमरगढी नगरपालिकाका नगरप्रमुख डिल्लीराज जोशीको प्रमुख आतिथ्यतामा खेलाडी हरु लाई प्रमाणपत्र , मेडल तथा सिल्ड वितरण गरिएको छ ।
माघ २६ गते सुदूरपश्चिम प्रदेश सरकारका भौातिक पूर्वाधार विकास मन्त्रि प्रकाश बहादुर देउवाले प्रतियोगिताको उद्घाटन गर्नु भएको थियो ।