बागमती प्रदेशको मकवानपुरमा आयोजित अन्तर प्रदेश स्तरीय उसु प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले ऐतिहासिक जीत हात पार्दा डडेल्धुराका ३ जना खेलाडी ले सुदुरपश्चिमको टिम लाई ३ वटा स्वर्ण पदक दिलाएका छन् । डडेल्धरा जिल्लाको आलिताल गाँउपालिकाका उशु खेलाडी अस्मिता गाहा मगरले ४८ केजि तर्फको खेलमा स्वर्ण पदक प्राप्त गरेका हुन् भने ५२ केजि तर्फको खेलमा सिर्जना रखाल मगरले स्वर्ण पदक हात पारे । तेस्तै ६० केजि तर्फको खेलमा रोहित गाहामगरले पनि स्वर्ण पदक हात पार्न सफल भएका हुन् ।
मकवानपुर उसु संघले आयोजना गरेको अन्तर प्रदेश स्तरीय राष्ट्रिय उसु प्रतियोगितामा सुदूरपश्चिमले २२ मध्ये १४ स्वर्ण हात पारेको हो।
उक्त प्रतियोगितामा अस्मिता गाहा मगर उत्कृष्ट महिला खेलाडी समेत बन्न सफल भएको प्रशिक्षक नबिन गाहा मगरले बताए
पुस ११ र १२ मा सञ्चालन भएको प्रतियोगितामा सुदूरपश्चिमले दुई रजत र चार कास्य पदक गरि कुल २० पदक जीतेको छ।
You might also like