डडेल्धुरामा यही मंसिर २० गते देखी २२ गते सम्म महिला क्रिकेट प्रतियोगिता हुने भएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजना तथा डडेल्धुरा जिल्ला क्रिकेट संघको सहयोगमा उक्त प्रतियोगिता आयोजना हुन लागेको हो । 
टि ट्वान्टी प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताको लागी सुदूरपश्चिमको टिमको खेलाडी छनौट गर्न महिला क्रिकेट प्रतियोगिता आयोजना गर्न लागिएको हो । अमरगढी नगरपालिका वडा नं. ३  स्थित रामलीला मैदानमा हुने उक्त प्रतियोगितामा डडेल्धुरा, दार्चुला, अछाम र डोटी बिच प्रतिस्पर्धा हुनेछ । 
प्रतियोगिता लिगको आधारमा खेलाइने आयोजक सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बासु जोशीले बताउनु भयो ।डडेल्धुरामा यो स्तरको प्रतियोगिता धेरै पछि आयोजना हुन लागेकोले यो प्रतियोगिता लाई सभ्य र भव्य ढंगले सम्पन्न गर्न एबं क्रिकेट प्रतियोगिता लाई प्रत्यक्ष अवलोकन गरेर खेलाडीहरूको हौसला बढाई दिन हुन डडेल्धुरा जिल्ला  क्रिकेट संघका अध्यक्ष हरि प्रसाद उप्रेतीले अनुरोध गर्नुभयो ।