१८ असोज
डडेल्धुराको नवदुर्गा गाउँपालिकामा राष्ट्रियस्तरको जय भुवन खुल्ला नकआउट टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ तिहारको अवसरमा कार्तिक २२ गतेदेखि नवदुर्गा मा प्रतियोगिता हुने भएको हो।
नवदुर्गा गाउँपालिकाको मुख्य प्रयोजन र वडा नम्बर १ कोटेलीको सह–प्रायोजनमा प्रतियोगिता गरिन लागिएको आयोजक जय भुवन क्लबले जनाएको छ।
क्लबका कार्यवाहक अध्यक्ष किरन ऐरका अनुसार प्रतियोगिताको विजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेताले २५ हजार ५ सय ५५ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। म्यान अफ द सिरिज, बेस्ट ब्याटर, बेस्ट बलर र म्यान अफ द म्याचलाई समेत पुरस्कारको व्यवस्था गरिएको छ।
कार्तिक १० देखि १८ गतेभित्र टिम दर्ता गराइसक्नुपर्नेछ। टिम दर्ता शुल्क ८ हजार पाँच सय राखिएको कार्यवाहक अध्यक्ष ऐरले जानकारी दिए। प्रतियोगिताका खेलहरू नवदुर्गा गाउँपालिका–१ ऐरोडास्थित चोरा मैदानमा खेलाइने आयोजकले जनाएको छ। ड्युज बल खेलाउने प्रतियोगिता कार्तिक २६ गतेसम्म सञ्चालन हुनेछ।