डडेल्धुराको आलितालमा क्याम्पस संञ्चालनका लागी आर्थिक सहयोग संकलन अभियान सुरु

११ असोज
आलिताल गाँउपालिकाको सदमुकाम रहेको गोदाम बजार नजिकै डोलागाँउ स्थित दुर्गा माध्यमिक विद्यालयमा स्नातक तहको पढाई संञ्चालन गर्ने गरी क्याम्पस स्थापनाका लागि आर्थिक सहयोग संकलन अभियान चलाइएको छ ।
क्याम्पस संचालन समितिको आयोजनामा गाँउपालिका अध्यक्ष शेर सिँह पार्कि र उपाध्यक्ष मैना कुमारी रावल सहितको टोली आर्थिक सहयोग संकलन अभियानमा जुटेका छन् ।
क्याम्पस संचालन समितिका अध्यक्ष कृष्ण दत्त जोशीका अनुसार क्याम्पस स्थापनाका लागी सबै सहयोगीहरु संग आर्थिक संकलन गरिने बताउनुभयो । जनसंख्याको हिसावले ठुलो मानिएको आलिताल गाँउपालिकाका विद्यार्थिहरु उच्च शिक्षाको लागी तराईका जिल्ला तथा छिमेकी परशुराम नगरपालिका जानु पर्ने बाध्यता हटाउनको लागी आलितालमा क्याम्पस खोल्ने अभियानमा जुटेका हुन ।
समितिका अध्यक्ष जोशीका अनुसार आलितालमा क्याम्पस संचालनका लागी निबेदन दर्ता भईसकेको छ । सुदुर पश्चिम बिश्वविध्यालयले अनुगमन गरि उपयुक्त ठानेमा क्याम्पस संचालनका लागि अनुमति दिने ततपश्चात क्याम्पस संचालन हुने छ ।
यसै बर्ष बाट क्याम्पस संचालनका लागि जुटौँ भन्दै पालिका अध्यक्ष र उपाध्यक्ष सहित १८ व्यक्तिहरुले करिब ७ लाख रकम आर्थिक सहयोगको घोषणा गरिसकेका छन् भने सहयोग उठ्ने क्रम जारी नै रहेको आलिताल गाँउपालिका अध्यक्ष शेर सिँह पार्किले बताउनुभयो ।
क्याम्पस स्थापनाको लागी विभिन्न व्यक्तिहरु वाट बचनदान बोलिएको छ भने कतिपयले नगद रकम सहयोग गरिरहेका छन र उक्त आर्थिक सहयोग संकलन कार्यक्रममा विभिन्न क्षेत्रका सामाजिक व्यक्तित्व, वडा प्रतिनिधिहरु लगायतको सहभागीता रहेको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.