डडेल्धुरामा सेना र पत्रकार विच मैत्रीपुर्ण भलिवल प्रतियोगिता सम्पन्न

३० फाल्गुन
डडेल्धुरामा नेपाली सेना र पत्रकार विच मैत्रीपूर्ण भलिवल प्रतियोगिता सम्पन्न भएको छ । नेपाली सेनाको श्री रणबम गण दह व्यारेकको खेल मैदानमा सम्पन्न भलिवल प्रतियोगितामा नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाले सेनाको टिमलाई ३१ को साझो सेटले पराजित गरेको छ ।

श्री रणबम गणको बार्षिक क्यालेन्डर अनुसार गणको अधिकृत तथा नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाका पदाधिकारीहरु विच मैत्रीपूर्ण भलिवल कार्यक्रम आयोजना गरिएको नेपाली सेनाले जनाएको छ । बेस्ट अफ फाईवको अवधारणामा खेलाईएको उक्त मैत्रीपुर्ण भलिवल प्रतियोगितामा श्री रणबम गणले पहिलो सेट हात पारेको थियो भने त्यस पछीका लगातार तिन सेट जितेर पत्रकार महासंघको टिमले उपाधी आफनो हात पारेको हो ।
नागरिक र सेना विचको सम्वन्ध लाई प्रगाढ बनाउने आफनो गणको योजना अनुरुप मैत्रीपूर्ण भलिवल प्रतियोगिता आयोजना गरिएको श्री रणबम गणका गणपति प्रमुख सेनानी बालमुकुन्द थापाले बताउनु भयो ।
उक्त प्रतियोगिताको समापनमा गणपति वालमुकुन्द थापाले सहभागी खेलाडीहरु लाई प्रमाणपत्र तथा मायाको चिनो हस्तान्तरण गर्नुभएको थियो भने पत्रकार महासंघ डडेल्धुराको तर्फ बाट अध्यक्ष हिक्मत बहादुर सिँहले गण लाई मायाको चिनो हस्तान्तरण गर्नुभएको थियो ।
यो मैत्रीपूर्ण भलिवल प्रतियोगिताको आयोजना गरेकोमा नेपाली सेना लाई धन्यवाद दिदै पत्रकार महासंघ डडेल्धुराका अध्यक्ष हिक्मत बहादुर सिँह ले यस्ता प्रतियोगिताले नेपाली सेना र पत्रकार विचको सम्बन्ध अझै सुदृढ हुने विश्वास व्यक्त गर्नु भयो ।

You might also like