प्रदेश स्तरीय राष्ट्रपति रनिंग शिल्ड प्रतियोगितामा डडेल्धुरा बाट ८४ जना खेलाडी सहभागी हुने

डडेल्धुरामा फाल्गुन १३ र १४ गते सम्पन्न भएको १३औँ राष्ट्रपती रनिंग शिल्ड तथा जिल्ला स्तरीय खेलकुद प्रतियोगितामा उत्कृष्ठ खेल प्रदर्शन गरेका खेलाडी हरु समेटेर प्रदेश स्तरीय राष्ट्रपति रनिंग शिल्ड प्रतियोगितामा सहभागी हुनका लागी डडेल्धुरा जिल्लाले  ८४ सदश्यि टिम घोषणा गरेको जिल्ला खेलकुद समिति डडेल्धुराले जनाएकोछ ।

प्रदेश स्तरीय राष्ट्रपति रनिंग शिल्ड प्रतियोगितामा डडेल्धुरा ले ६ वटा विद्यामा प्रतिस्पर्धा गर्नेछ । डडेल्धुराको तर्फ बाट भलिवल, कवड्डि, एथलेटिक्स, कराते, तेकान्दो र उशु खेलका लागी खेलाडी हरु छनौट भएका हुन ।

डडेल्धुराको तर्फ बाट भविलका लागी पुरुष भलिवल तर्फ २ जना बैकल्पिक सहित १२ जना र महिला भलिवल तर्फ ९ जना छनौट भएका छन भने  कवड्डिका लागी पुरुष तर्फ १ जना बैकल्पीक सहित १० र महिला तर्फ १ जना बैकल्पिक सहित १० जना खेलाडी छनौटमा परेका छन् ।

एथलेटिक्स का ११ वटा ईभेन्टका लागी पुरष ११ र महिला ११ जना छनौट भएका छन भने करातेका ४ पुरुष र ३ महिला, तेकान्दो लागी ३ पुरुष ,३ महिला र उशुका लागी ३ महिला ३ पुरुष छनौट भएका छन ।

जिल्ला स्तरीय रनिंगशिल्ड बाट उत्कृष्ठ प्रदशर्न गरेको खेलाडीहरु लाई जिल्लाको टिममा समावेश गरिएको भए पनि एथलेटिक्स र मार्शलआर्ट तर्फका खेलाडीहरुले जिल्लाको लागी पदक दिलाउनेमा आफु पुर्ण आशावादी रहेको जिल्ला खेलकुद समितिका अध्यक्ष डम्बर बहादुर थापाले बताउनु भयो ।

You might also like