यो ढुङ्गा त्यो ओखलढुङ्गा हो
जहाँ बाईस ओखल एकै ढुङ्गामा छन
प्राचीनकालमा जडानक्षेत्रमा
जाटहरुको राजा पणवारले राज्य गर्थे
हरेक थरिलाई एक एक पुग्ने
ओखल बने
त्यो पनि एकै ढुङ्गामा
जसले सभ्यताको परिचय दिन्छ
संस्कृति झल्काउछ
इतिहास सम्झाउछ
यो ढुङ्गा त्यो ओखलढुङ्गा हो
जुन थपला गाउँको बिचमा छ
जहाँ शीर्षमा औल फल्ने
हंसराज,बासमती धान कुटिन्थ्यो
बाईस ओखलमा चौवालिस मुसलको
प्रयोग भएको हुन्थ्यो
भोटबाट आएका कटकले
धान कुटेको देखे
सैन्य अभ्यास भएको सम्झी
बाटैबाट फर्केर गए
तिनै ओखल पाण्डेय,पनेरु,भारती
सार्की ,भेरकार,टमटा,साँनी,किङ्वा आदि
सबैको साझा थलो भयो
ओखलको उपयोग गरि
परिवारको जोहो संगै षटऋण तिर्ने काम गरि
पोखल्यागडाको धानकुटी
भागेश्वर,खिटकेश्वर का लागि
पोखल बनाए बनाउछन पनि
जसले परिचय बनाएको छ
बाईस ओखलको गाउँ
गाउँ भरिका सबै एकैठाउ जमघट हुने
चिउरा ,सिरौला कुटने
मकै पेलेर पतौला पकाउने
धान कुटने
चिउरा कुटने
मकै पेल्ने
छुट्टाछुट्टै ओखल छन
यो सभ्यता हो
संस्कृति र इतिहास हो
गौरव पनि हो
एकै ढुङ्गामा बाईस ओखल
थपलाको ओखलढुङ्गा
इतिहास धेरै पुरानो छ
प्राचीन समय मध्यकाल भन्दा पुर्व
जाटहरुको बस्ती र राज्य थियो
जाडान क्षेत्र हो यो र
हरेक गाउँमा अनि
हरेक देवताको थानमा केही न केही
जडन्ती निसानहरु छन
जडन्ती हो ओखल पनि
परशुराम १२ डडेल्धुरा