नेपाल जैविक विविधता रणनीति तथा कार्ययोजना पुनरवलोकन कार्यक्रम सम्पन्न

डडेल्धुरा-नेपाल सरकारको वन तथा वातावरण मन्त्रालय र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम को आयोजनामा जैविक विविधता रणनीति तथा कार्ययोजना पुनरावलोकन सम्बन्धी विशेष कार्यक्रम आज डडेल्धुराको सदरमुकाम अमरगढीमा सम्पन्न भएको छ।

ग्रिन फाउन्डेसन काठमाण्डौले सहजिकरण गरेको उक्तकार्यक्रममा अमरगढी नगरपालिकाका जनप्रतिनिधि, विभिन्न कार्यालयका प्रमुख तथा प्रनिनिधि, पत्रकार, सामुदायिक वनका प्रतिनिधिहरू तथा उपभोक्ताहरुको सहभागीता रहेको थियो। सहभागीहरूलाई समूह विभाजन गरी विभिन्न विषयमा गहन छलफल गराइएको थियो।

कार्यक्रममा जैविक विविधताले कृषि, वन, संरिक्षण क्षेत्र ,जलचर र घासे मैदान क्षेत्रको संरक्षणमा आदिवासी जनजाती र स्थानिय जनसमुदायमा पुर्याएको योगदानको विषयमा छलफल गर्दै सहभागीहरूले जैविक विविधतालाई असर पुर्याउने विभिन्न कारकहरूको पहिचान गर्दै त्यसलाई न्यूनिकरण गर्न उपायहरू सुझाव दिएका थिए।

भौतिक पूर्वाधार निर्माणले जैविक विविधतामा पुर्याएको असर र त्यसबाट हुने हानी नोक्सानीबारे समूहमा छलफल गरी विभिन्न सुझावहरू प्रस्तुत गरिएको थियो। जैविक विविधतालाई दीर्घकालीन संरक्षणका लागि स्थानीय स्तरमा अपनाउन सकिने व्यावहारिक कदमहरूबारे समेत विचार व्यक्त गरिएको थियो।

जैविक विविधता कार्यक्रमलाई स्थानिय तहसम्म प्रभावकारी रूपमा कार्यान्वयन गर्नका लागि सहभागीहरूले विभिन्न योजनाहरूको सिफारिस गरेका थिए। साथै, जैविक विविधता मैत्री विकासका लागि लगानी वृद्धि र सामुदायिक सहभागिता आवश्यक रहेकोमा जोड दिइएको थियो ।

कार्यक्रममा सामुदायिक बन उपभोक्ता महासंघका पूर्व केन्द्रिय अध्यक्ष तथा बागमती प्रदेशका प्रदेश सभा सदश्य भारती कुमारी पाठक प्रमुख अतिथिको रुपमा सहभागी हुनुहुन्थ्यो ।

 

 

You might also like