आलितालमा चौथो अध्यक्षकप भलिवल हुदै

५ माघ

डडेल्धुराको आलिताल गाउँपालिकामा चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने भएको छ। पालिका भित्रका टिमको सहभागीता रहने प्रतियोगिता माघ १६ गते देखि संचालन भइ माघ १८ गते समापन हुने बताइएको छ।

प्रतियोगिता सञ्चालनका लागि बुधबार बसेको तयारी बैठक ले आलिताल खेलकुद समितिका अध्यक्ष धिरेन्द्र बोहराको संयोजकत्वमा ११ जना व्यवस्थापन तथा निर्देशन समिति गठन गरेको छ ।

बैठकले वार्षिक रुपमा हुने राष्ट्रपति रनिंग सिल्ड प्रतियोगीता पनि संचालन गर्ने निर्णय गरेको छ । बैठकले रनिंग शिल्ड संचालनका लागी व्यवस्थापन तथा निर्देशन समितिको जिम्मा आलिताल गाँउपालिका वडा नं. ८ स्थित दुर्गा माध्यमिक बिध्यालयलाई दिने निर्णय समेत गरेको छ । रनिंग शिल्ड प्रतियोगीता माघ २० गते देखि माघ २२ गते सम्म संचालन हुने बताइएको छ ।

You might also like