१ माघ
हरेक बर्ष जस्तै यस वर्ष पनि डडेल्धुराको परशुराम धाममा माघि मेला भव्य रुपमा समपन्न भएको छ ।
कंचनपुर जिल्लाको सदरमुकाम बाट चालिस किलोमिटर र डडेल्धुरा सदरमुकाम र धनगढी बाट नब्बे कि मि टाढा रहेको रंगुन उपत्यका को एक महत्वपूर्ण तिर्थस्थल परशुरामधाममा नेपाली सहित छिमेकी मुलुक भारतका तिर्थ यात्रीहरुले मेला भरेका हुन ।
डडेल्धुरा जिल्लाको दक्षिण पश्चि भित्रिमधेश क्षेत्रको परशुराम नगरपालिका वडा नं.५ मा अवस्थित परशुराम धाम स्वेदेशीहरुका लागी मात्र नभएर छिमेकी मुलुक भारतका तिर्थयात्रीहरुको लागी पनि प्रशिद्ध तिर्थस्थल हो ।