१० पुस
सुदुरपश्चिमको प्रशस्त सम्भावना बोकेको तर ओझेलमा परेको कैलाीको गोदावरी नगरपालिका १२ मा पर्ने नायल तालको प्रवद्र्धनको लागी सुदुरपश्चिमको पर्यटन प्रवद्र्धनका लागी अभियान चलाई रहेका साईकल यात्री तथा पर्यटन अभियन्ता भरत बिक्रम शाह सहितको टिम आज नायल ताल पुगेका छन् ।
कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका बंकदेखि २२ किलोमिटर माथि चुरेको मध्य भागमा रहेको यो गाउँ पुरातात्त्विक र ऐतिहासिक मात्र होइन, प्राकृतिक रूपमा पनि त्यत्तिकै महत्त्वको छ । चारैतिर चुरेले घेरिएको उपत्यका जस्तो देखिने नायलमा दक्षिणदेखि उत्तरतिर पानी ढाल भएको झन्डै एक किलोमिटर लामो अद्भूत तालले यसलाई अझ आकर्षक बनाएको छ । कुनै समयका नौ वटा ताल अहिले खेती गर्ने फाँटमा परिवर्तन भएका छन् । आँप पनि फल्ने, काफल पनि पाक्ने, सुन्तला पनि फल्ने र चिउरी पनि पाक्ने भिन्नै मौसम भएको ठाउँ पनि हो नायल ।
प्रसस्त पर्यटकिय सम्भावना भए पनि ओझेल जस्तो रहेको सुदुर पश्चिमको एक महत्वपूर्ण गन्तव्य हुन सक्ने नायल तालको पर्यटकिय प्रवद्र्धनको लागी हाम्रो टिमले त्यता गएर तस्विर तथा भिडियो खिचेका छौ र हाम्रो आधिकारिक युट्युव पेज फारवेस्र्टन राईडर्स बाट चाडै प्रसारण गर्नेछौ र हाम्रो सर्कलमा रहेको साथिहरु मार्फत नायल तालको प्रचार प्रसार गर्नेछौ र आशा छ हाम्रो फोटो भिडियो र सामाजिक संञ्चालमा भएका प्रत्यक्ष प्रशारण ले नाईल तलको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्नेछ भन्नु हुन्छ पर्यटन अभियन्ता एबं साईकल यात्री भरत बिक्रम शाह ।
You might also like