स्पेनिस फुटबल क्लव र नेपाल विच मैत्रीपूर्ण खेल हुदै

८ पुष
स्पेनिस फुटबल क्लब काथेरेन्यो एफसी मैत्रीपूर्ण खेलका लागि नेपाल आउने भएको छ । लुम्बिनी गार्डेन फाउन्डेसनले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै दुई मैत्रीपूर्ण खेलका लागि काथेरेन्यो नेपाल आउने जनाएको छ ।

काथेरेन्यो स्पेनको दोस्रो डिभिजनको लिग खेलिरहेको क्लब हो । काथेरेन्योले काठमाडौं र पोखरामा एक एक मैत्रीपूर्ण खेल खेल्नेछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा), कास्की जिल्ला फुटबलसँगको सहकार्यमा ‘शान्तिका लागि फुटबल’ भन्ने नारासहित आयोजनामा हुन लागेको मैत्रीपूर्ण खेल पुस १३ र १४ गते हुनेछ ।

स्पेनिस क्बलले नेपाल भ्रमणका क्रममा पुस १३ गते पोखरा रंगशालामा पोखरा गण्डकी-११ सँगै मैत्रीपूर्ण खेल खेल्नेछ । उक्त खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङले गर्नेछन् ।

यस्तै पुस १४ गते स्पेनिस क्लब काथेरेन्योले काठमाडौंको दशरथ रंगशालामा काठमाडौं-११ सँगै मैत्रीपूर्ण खेल खेल्नेछ । काठमाडौं-११ को कप्तानी पूर्व राष्ट्रिय फुटबल टोलीका कप्तान विराज महर्जनले गर्नेछन् भने प्रशिक्षकमा मेगराज केसीले गर्नेछन् ।

स्पेनीस क्लब काथेरेन्योसँग स्पेनका पूर्व राष्ट्रिय खेलाडीसहित ला लिगा फुटबल क्लब रियल मड्रिड, बार्सिलोना र एथलेटिको मड्रिड जस्ता ठूला क्लबमा खेलेका अनुभवी खेलाडीहरु रहेका छन् ।

नेपालमा फुटबलको बिकास तथा पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने लक्ष्यसहित यो मैत्रीपूर्ण खेलको आयोजना गरिएको आयोजक लुम्बिनी गार्डेन फाउन्डेसनका अध्यक्ष एकराज गिरीले बताए ।

You might also like