
६ पुस
नेपाल तेक्वान्दो खेल क्षेत्रमा विद्यामान दुई संघको दर्ता खारेज गरि एकिकृत रुपमा नेपाल तेक्वान्दो महासंघ गठन भएको छ । राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अनुसार एकै प्रकृतिका समान दुई संघ अस्तित्वमा रहने नसक्ने भन्दै पुष ५ गते मन्त्रीस्तरीय निर्णयवाट दुवै तेक्वान्दो संघको दर्ता खारेज गरेको हो । सो निर्णयसँगै राष्ट्रिय खेलकुद परिषदमा रहेको नेपाल तेक्वान्दो संघ दर्ता नम्वर २७ र राष्ट्रिय तेक्वान्दो संघ नेपालको दर्ता नम्वर १०७ पनि स्वतः खारेज भएको छ ।
नेपाल तेक्वान्दो महासंघको पहिलो अध्यक्षको रुपमा प्रदिप जोशी चुनिनु भएकोछ । नवनिर्वाचित अध्यक्ष जोशी नेपालमा तेक्वान्दोको सस्थापकहरु मध्ये एक हुन । २९ सदश्यि केन्द्रिय समितिमा डडेल्धुराको तर्फ बाट तेक्वान्दो प्रशिक्षक राजेन्द्र मडै पनि केन्द्रिय सदश्यमा मनोनित भएका छन् । नवगठित केन्द्रिय समितिले अवको तिन महिना भित्र ७७ जिल्ला र ७ वटा प्रदेशमा समिति गठन गर्ने केन्द्रिय सदश्य राजेन्द्र मडैले बताए ।
पछिल्लो लामो समय देखी डडेल्धुरामा तेक्वान्दो प्रशिक्षण् गर्दै आईरहेका मडै केन्द्रिय सदश्यमा मनोनित भए पछी आफु हर्षित भएको बताउदै यो मनोनयनले आफुलाई थप जिम्मेवार बनाएको तथा तेक्वान्दोको विकासमा अझ प्रेरित गरेको बताए ।