१ पुष
डडेल्धुरा जिल्ला आलिताल गाँउपालिका वडा नं.४ स्थित श्री कृष्ण कालीका माध्यमिक विद्यालय घरेलुमा हिजो बाट मार्शलआर्टको कक्षा सुरु भएको छ । विद्यालय परिसरमा हिजो खेलाडी, मार्शलआर्ट प्रशिक्षक तथा विद्यार्थिहरुको उपस्थितीमा वडा नं.४ का वडा अध्यक्ष कमल सिँ बोहराले मार्शल आर्ट कक्षाको उद्घाटन गर्नुभएको थियो ।
विशेष गरि चेलीवेटीहरुको आत्मरक्षा, किशोरहरु लाई कुलत बाट जोगाउनुका साथै स्थानिय स्तर बाट समाज र राष्ट्रलाई चिनाउन सक्ने प्रतिभाको खोजी गर्नको लागी मार्शल आर्टको नयाँ कक्षाहरु संञ्चालन गरिएको आलितालका मार्शल आर्ट प्रशिक्षक राजेन्द्र मडैले बताउनु भयो ।
विद्यालयको अतिरिक्त समयका हरेक दिन कक्षा संञ्चालन हुने बताउदै प्रशिक्षक राजेन्द्र मडैले यस बाट विद्यार्थिहरुमा अनुसासन मा राख्ने बताउनु भयो । उक्त विद्यालयमा संञ्चालन सुरु भएको मार्शल आर्ट कक्षा लाई नियमित रुपमा संगिता विष्ट ले प्रशिक्षण गर्नेछन भने विशेष प्रशिक्षण राजेन्द्र मडैले गर्ने छन् भने समय समयमा रमेश हम्जालि मगर र विराज सारु मगर, मिन बहादुर बोहरा, राजेन्द्र पन्तले पनि प्रशिक्षण दिनेछन् ।
उक्त कार्यक्रममा नवौँ राष्ट्रिय प्रतियोगितामा सुदुरपश्चिमको तर्फ बाट सहभागी भई तेक्वान्दोमा रजत पदक जित्न सफल डडेल्धुराका खेलाडी झरना नाथ लाई सम्मान गरिएको थियो । डडेल्धुराको भित्रिमधेश क्षेत्रको परशुराम र आलिताल मा मार्शल आर्ट फस्टाउदो खेलको रुपमा देखिनथालेको छ । आलिताल गााउपालिकामा हिजो उद्घाटन भएको कक्षा लगाएर जम्मा ४ स्थानमा तेकान्डो प्रशिक्षण गराईदै आएको छ ।