१२ मंसिर
काठमाण्डौमा जारी वाई वाई यू–१९ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत आज पनि दुई खेल हुदैछन् ।
त्रिवि मैदानमा सुदूरपश्चिम प्रदेश र प्रदेश १ भिड्दा मुलपानी मैदानमा गण्डकी प्रदेश र लुम्बिनी प्रदेश आमने सामने हुदैछन् ।
सुदूरपश्चिम लगातार चौथो जितको खोजीमा छ भने प्रदेश १ दोस्रो जितको लक्ष्यमा छ ।
सुदूरले यसअघिका तीनवटै खेल जितेर अंकतालिकाको शिर्ष स्थानमा छ भने प्रदेश एकले एकमा जित र एकमा पराजय ब्यहोरेको छ ।
यसअघि भएका तीनवटै खेलमा पराजित गण्डकी पहिलो जितको खोजीमा छ भने लुम्बिनी दोस्रो विजयको लक्ष्यमा छ ।
लुम्बिनीले यसअघि भएका दुई खेलमा एकमा हार र एकमा जित निकालेको छ ।