समाजसेवा लाई निरन्तरता दिन्छु : डडेल्धुराकी कान्छि जनप्रतिनिधि लिला धामी

गत बैशाख ३० गते सम्पन्न भएको स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फ बाट वडा सदश्य पदका लागि दिएको उम्मेदावारी लाई जनताले अनुमोदन गरिदिए पछि डडेल्धुरा जिल्ला परशुराम नगरपालिका वडा नं.८ का लिला धामी कान्छो जनप्रतिनिधि बन्न सफल भएका हुन ।


परशुराम नगरपालिका स्थित श्री त्रिवेणी बहुमुखी क्याम्पसमा स्नातक तहको दोश्रो बर्षमा अध्ययनरत लिला धामी विद्यार्थि राजनिति बाट अगाढी बढेर स्थानिय तह निर्वाचन २०७९ बाट परशुराम नगरपालिका वडा नं.८ को वडा सदश्य मात्र होईन जिल्ला समन्वय समिति डडेल्धुराको सदश्य समेत हुन ।


नेपालका ७७ वटा जिल्ला समन्वय समिति मा सम्भवत: लिला धामी सबै भन्दा कान्छा सदश्य हुन, उनकै उमेरको हाराहारीमा रामेछाप जिल्ला समन्वय समितिमा सदश्य रहेको भए पनि उनको उमेर भन्दा कम उमेरकाले स्थानिय निर्वाचनमा उम्मेदवारी दिन नपाउने कानुनी व्यवस्था भएका कारण लिला कान्छो समन्वय समिति सदश्य हुन भन्ने कुरामा दुई मत छैन ।


राजनितिमा विपरित राजनैतिक दल र विपरित राजनैतिक दल प्रतिनिधि सबै संग समन्वय र सहकार्य गरेर अगाढी बढ्नुपर्ने कुरामा विश्वास राख्ने लिला धामी सबैमा सकारात्मक सोचको विकास हुनुपर्ने बताउदै अहिले मात्र होईन पहिले पनि समाजसेवा गर्नुपर्छ भन्ने धारणा बोकेर हिनेको मान्छे हुनाले भविश्यमा पनि समाजसेवा लाई निरन्तरता दिने बताउनुहुन्छ ।
उमेर ले भर्खर २१ पुगेर २२ लागे पनी पुगे पनि बोली र व्यवहारले परिपक्क जस्तो देखिने लिला धामीले आफ्नो गाँउठाँउमा आफनै पहलमा विभिन्न समाजिक कार्यहरु गरिरहेको देखिने स्थानियवासीहरु बताउछन् ।

विद्यालय स्तर बाट नै विभिन्न दुखि, गरिव अनाथ र पिडितको लागी सहयोग जुटाउने काम लाई नेतृत्व गर्दै धेरै लाई सहयोग जुटाउने गरेको उनलाई नजिक बाट चिन्नेहरु बताउछन् । अहिले पनि सहयोगका लागी सामाजिक संञ्जालमा आह्वान भएका पोष्ट देख्ने वितिक्कै सक्दो सहयोग गरिरहेको बताउने लिला लाई आफु संग आएको पैसा फजुल खर्च गर्नु भन्दा पनि सहयोगको लागी खर्च गर्दा आनन्द लाग्ने बताउछन् ।

लिला धामी एक युवाको नाताले भर्खर मात्र लुम्बिनीमा सम्पन्न भएको जलवायू परिवर्तन सम्बन्धि आठौँ राष्ट्रिय युवा सम्मेलनमा सुदुरपश्चिमको तर्फ बाट सहभागी भएका थिए ।उक्त सम्मेलनमा विश्वव्यापी तथा नेपालमा जलवायूपरिवर्तन ले पारेको असरको बारेमा बुझन पाईएको साथै जलवायु परिवर्तनका असर संग जुध्न सकिने उपायहरुको बारेमा देशभरका युवाहरु विच घनिभुत छलफल भएकोले त्यसैको आधारमा जलवायुको क्षेत्र पनि आगामी दिनमा काम गर्ने बताउनुहुन्छ ।

पछिल्ला चुनावहरु निकै खर्चिला भएका छन् । परिवारको मध्यम आर्थिक अवस्थाका कारण चुनाव लड्न नसकिने अवस्था थियो तै पनि निस्वार्थ समाज सेवा गर्ने दृढ ईच्छाले चुनाव लड्ने हिम्मत गरे चुनाव लडे आखिरमा जनताले मेरै पक्षमा मतदान गरिदिनु भयो मैले जिते लीला धामी भन्नु हुन्छ त्यो मेरो मात्र जित थिएन मेरो समाजसेवा गर्ने दृढ संकल्पको जित थियो । पहिले पहिले राजनितिमा टिक्नको लागी आर्थिक अवस्था वलियो हुनुपर्ने भएकोले कमजोर आर्थिक अवस्था भएका युवा युवतीहरु को राजनितिमा आई समाजसेवा गर्ने चाहना अवरुद्ध भए पनि पछिल्लो समय केही परिवर्तन भएकोले अव युवाहरु लाई राजनितिमा आउन सजिलो भएको महसुस भएको कुरा लिला धामी बताउनुहुन्छ ।


अवको नेतृत्व युवाहरुले लिनु पर्छ त्यस माथी पनि शिक्षित युवाहरुले लिनु पर्छ पछिल्लो समय अर्थात मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनको परिणामले लिला धामी लाई अझ उत्साहित बनाएको बताउनुहुन्छ । यो पटकको मतदानको प्याटर्न धेरै परिवर्तन भएको छ । धेरै भन्दा धेरै स्थानमा युवाहरु लाई रोजिएकोछ । केही गर्छाै भन्ने युवाहरु, नयाँ अवधारणा प्रस्तुत गरेका युवाहरु, नेतृत्व गर्न सक्छौ भन्ने युवाहरु लाई जनताले अनुमोदन गरिदिनुभएको छ यसले धेरै खुसी छु भन्दै आगामी दिनमा स्थानिय स्तरको नेतृत्वको लागी आफु सक्षम र तयार रहेको बताउनु भयो ।

पर्सा जिल्लाको कालिकामाई गाँउपालिकामा २१ बर्षिय बशिष्ट कुमार अध्यक्ष हुन सक्ने, सर्लाहीको रामपुर गाँउपालिकामा २२ बर्षिय राजावावु यादव अध्यक्ष हुन सक्ने,सप्तरीको छिन्नामस्ता गाँउपालिकामा २५ बर्षका विद्यानन्द चौधरी अध्यक्ष हुन सक्ने अनी हामी चाही किन हुन नसक्ने भन्दै डडेल्धुरामा आफुहरुको पनि सम्भावना रहेको र अग्रजहरुले त्यो वातावरण वनाईदिनुपर्ने लिला धामीको आग्रह छ ।

धेरैले राजनिति लाई पदको लागी मात्र ठानिरहेको छ जस्तो देखिन्छ तर आफु पदमा रहे पनि पदमा नरहे पनि निस्वार्थ रुपमा समाज सेवा गर्दै आईरहेको र भविश्यमा पनि समाजसेवा लाई निरन्तरता दिने डडेल्धुराका कान्छा जनप्रतिनिधी लिला धामी बताउनु हुन्छ ।

You might also like
Leave A Reply

Your email address will not be published.