आलितालमा तेक्वान्दोको विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न

११ मंसिर

डडेल्धुराको आलिताल मा तेक्वान्दोको विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । तेक्वान्दोको व्ल्याक बेल्ट भन्दा माथिका सिनियर खेलाडीहरुको लागी विशेष प्रशिक्षणको आयोजना गरिएको तेकान्दो प्रशिक्षक राजेन्द्र मडैले बताउनु भयो ।
आलिताल गाँउपालिकाको सभाहलमा सम्पन्न भएको विशेष प्रशिक्षण कार्यक्रममा आलिताल र परुशराम नगरपालिकाका १५ जना सिनियर खेलाडीको सहभागीता रहेको थियो । कार्यक्रममा आलिताल गाँउपालिका का १३ जना सिनियर खेलाडीका साथै परशुराम नगरपालिका वाट २ जना सिनियर खेलाडीहरुको सहभागीता रहेको थियो ।
अव देखी हरेक शनिवार सिनियर खेलाडी हरु लाई विशेष प्रशिक्षण कार्यक्रमको आयोजना गरिने प्रशिक्षक राजेन्द्र मडैले जानकारी दिनुभयो । सहभागी अधिकांस प्रशिक्षार्थिहरुले आफै तेकान्दोको कक्षा संञ्चालन गरिरहेको हुदा प्रभावकारी रुपमा कसरी कक्षा संञ्चालन गर्ने भन्ने बिषयमा सिकाईने प्रशिक्षक मडैले बताउनु भयो ।
नियमित रुपमा यस्ता प्रशिक्षण कार्यक्रमको आयोजना गरि राम्रा खेलाडीहरु उत्पादन गर्ने उद्देश्य रहेको बताउदै शुक्रबार र शनिवार भएको प्रशिक्षण कार्यक्रममा यस पटक पोखरामा सम्पन्न नवौँ राष्ट्रिय प्रतियोगितामा सुदुरपश्चिमको तर्फ बाट तेक्वान्दोमा रजत पदक जित्न सफल खेलाडी झरना नाथको पनि सहमागीता भएको प्रशिक्षक मडैले बताउनु भयो ।

You might also like