२९ कार्तिक
कन्चनपुरको महेन्द्रनगरमा जारी प्रदेश स्तरीय एक दिवशिय वाईवाई अन्डर १९ पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा कैलाली लाई पराजित गर्दै डडेल्धुरा आफनो समुहको तर्फ बाट फाईनलमा प्रवेश गरेको छ ।
लिगका आधारमा खेलाईएको खेलमा आज कैलाली लाई ६२ रन ले पराजित गर्दै आफनो समुहको विजेता बनि फाईनलका लागी आफनो स्थान सुरक्षित गरेको हो । समुहमा ४ वटा जिल्लाको सहभागीता रहेको थियो ।
पहिलो व्याटिंग गरेको डडेल्धुराले कैलाली ले १४१ रनको लक्ष दिएको थियो भने प्रतिउत्तरमा कैलाली ले जम्मा ७९ रन मात्र बनाएको थियो । कैलालीका लागी सबै भन्दा धेरै रन नरेन साउद ले बनाएका थिए साउदले आफनो टिमका लागी जम्मा १८ रन बनाएका थिए भने डडेल्धुराका लागी सर्वाधिक रन कैलाश ऐर ले बनाएका थिए उनले डडेल्धुराको लागी जम्मा २४ रन बनाएका थिए ।
बलिंग तर्फ कैलालीका रजत रानाले टिमका लागी उत्कृष्ठ ३ विकेट लिएका थिए यसै गरी डडेल्धुराका लागी कृष्ण बिष्टले जम्मा ४ विकेट लिन सफल भएका थिए भने डडेल्धुराका दिपक बोहरा, निरज ऐर र सचिन मल्लले टिमका लागी २-२ विकेट लिएका थिए ।
प्रतियोगिताको फाईनल खेल यहि मंसिर १ गते विहान ९ः३० वजे देखी महेन्द्रनगर कञ्चनपुर स्थित कवर्डहलमा हुनेछ ।